A+ A A-

जापानीज समाजसेवी ओ के बाजेलाई पाल्पामा नागरिक अभिनन्दन !

देब पचभैया
पाल्पा, फागुन ३०

Image may contain: 12 people, including Phoolmaya Gaha Magar, people smiling, crowd and outdoor
२५ बर्ष देखि निरन्तर पाल्पामा बसेर समाजसेवा गर्नुभएका जापानीज नागरिक काजुमासा  काकिमी (ओ.के बाजे ) लाई बिहिबार पाल्पामा नागरिक अभिनन्दन गरिएको छ । जिल्लाका १ सय ८० बढी विद्यालय एबम् बिभिन्न संघसंस्थाहरुले उहालाई सम्मान गरेका हुन् ।
Image may contain: 12 people, including Bishnukumar Sinjali, people standing and outdoor
पन्चे बाजासहितको र्यालीले तानसेन बजार परिक्रमा गरी टुडिखेल मैदानमा बिशेष समारोहको आयोजना  गरी सवाजसेवी ओ.के बाजेलाई सम्मान गरिएको मुल समारोह समितिका संयोजक सुन्दर श्रेष्ठले जानकारी दिनुभयो । 
Image may contain: 6 people, people smiling, people standing, crowd, shoes and outdoor
कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालीकाका प्रमुख अशोक कुमार शाहीले सम्मान गरेपछि बिभिन्न संघ संस्थाहरुले उहालाई सम्मान गरेका हुन् ।
कार्यक्रममा जापान बाट आएका कलाकारहरुले समेत ओ. के बाजेको सम्मानमा बिभिन्न गित तथा नृत्य प्रस्तुत गरेका थिए ।

Image may contain: 8 people, people smiling, people standing and outdoor
२५ बर्ष अघि पाल्पाका एक टे«किङ्ग गाईड संग पाल्पा आउनुभएका जापानिज समाजसेवी काजुमासा  काकिमी (ओ.के बाजे) ले जिल्लाका विद्यालय, स्वास्थ्य संस्था, क्लब तथा गरिव जेहेन्दार विद्यार्थीहरुलाई आर्थिक सहयोग गर्दे आउनुभएको छ । बिकास निर्माणका कार्यमा समेत ओ.के बाजेले पाल्पामा करोडौ आर्थिक सहयोग गर्नुभएको छ ।
Image may contain: 3 people, including Chandra Masrangi Magar
जिल्लामा भएका समस्या र मागलाई लिएर उहाले जापानमा रहेका विभिन्न संघ संस्थाहरु संग अनुरोध गर्ने र सहयोग गर्ने काम गरिरहनुभएको हो । शुरुमा नेपाल आउदा कुरा गर्दा ओ. के , ओ. के भन्ने भएकाले उहाँलाई स्थानीयले ओ. के बाजे भनेका हुन् । पछि सबैले उहाँलाई ओ.के वाजेकै रुपमा चिन्दै आएका छन् । यस अघि पनि ओ.के बाजेलाई पाल्पामा २ पटक नागरिक अभिनन्दन गरिएको थियो ।

Last Updated on Friday, 15 March 2019 03:26

Hits: 863

नेपाल मगर भूपू सैनिक तथा प्रहरी संघ द्धारा प्रहरीका उच्च अधिकृत सम्मानीत !

हुबिमगर



काठमाण्डौ,माघ २८ नेपाल मगर भूतपूर्बक सैनिक तथा प्रहरी संघ केन्द्रिय समितिले नेपाल प्रहरीका बहालवाला १२ जना उच्च अधिकृतलाई माध २५ गते "मगर समुदायको आर्थिक समृद्धिका लागी ब्यबसायिकहरुको एकता आजको आबश्यक्ता " भन्ने एक अन्तरकृया कार्यक्रम बिच सम्मान गरेको छ ।

संघका अध्यक्ष हुम बहादुर पचभैया थापा मगरको अध्यक्षतामा केन्द्रिय सदस्य कमला थापा मगरको स्वागत मन्तब्य र महासचिब क्या. भिम बहादुर राना मगरको संचालनमा कार्यक्रम भएको थियो । उक्त अन्तरकृया र सम्मान कार्यक्रमका प्रमुख अतिथि माननीय महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री श्री थम माया थापा मगर हुनुहुन्थ्यो ।

बिषेस अतिथिमा नेपाल मगर संघ केन्द्रिय समितिका उपाध्यक्ष गंगा थापा खासु मगर , नेपाल मगर संघका सस्थापक महासचिब एबं संबिधान सभाका पूर्ब सभासद सुरेश आले मगर , नेपाल प्रहरीका पूर्ब महानिरिक्षक कुबेरसिंह राना मगर र नेपाली सेनाका पूर्ब जनरलद्धय भुपेन्द्र बहादुर थापा मगर र श्याम थापा मगर हुनुहुन्थ्यो ।



अन्य अतिथिहरुमाः नेपाली सेनाका पूर्ब कर्नेलद्धय टहलसिंह थापा मगर , कर्नेल एकेन्द्र थापा मगर , भारतीय सेनाका पूर्ब कर्नेल बोधबिक्रम थापा मगर, मा. मित्रसेन प्रतिष्ठानका अध्यक्ष त्रिलोक सिंह थापा मगर , लाफा लगानी समूहका डाईरेक्टर रक्षा रैका मगर , रिडी लगानी समूहका उपाध्यक्ष नन्द बहादुर पून मगर,ललितपुर मगर समाज केन्द्रका अध्यक्ष श्री प्रशाद बुढाथथोकी मगर ,आदिकबी जित बहादुर संजाली साहित्य प्रतिष्ठानका अध्यक्ष सञ्जोग लाफा मगर, नेपाल मगर भूतपूर्बक सैनिक तथा प्रहरी संघ प्रदेश नं.५ का अध्यक्ष सुबेदार लालमने पुन मगर, मगर संघ हंगकंगका पूर्ब महासचिब उबं मगर लगानी समूहका फाईनान्स डाईरेक्टर भिम बहादुर बराही थापा मगर, नेपाल मगर लेखक संघका का.बा. अध्यक्ष बिष्णु सिंजाली मगर, नेपाल मगर संघ काठमाण्डौ जिल्ला समितिका अध्यक्ष रघु थापा मगर लगाएतका अतिथि हुनुहुन्यो ।


"मगर समुदायको आर्थिक समृद्धिका लागी ब्यबसायिकहरुको एकता आजको आबश्यक्ता"भन्ने बिषयमा मगर लगानी समूह  (मिंग) का भिम बहादुर थापा मगर र लाल बहादुर आले मगरले काठमाण्डौ भिउटावर बारे पावरप्वईन्ट द्धारा जानाकारी दिनु भएको थियो भने "मगर जातिको आर्थिक समृद्धिका लागी भूतपूर्बक सैनिकहरुको योगदान" बारे कार्य पत्र पि.एच.डि. सोदार्थी बिष्णु सिंजाली मगरज्यूले प्रस्तुत गर्नु भएको थियो । मगर लगानी समुह (मिंग)को प्रायोजन र नेपाल मगर भूतपूर्ब सैनिक तथा प्रहरी संघ आयोजक रहेको थियो ।

प्रमुख अतिथिज्यू बाट सम्मानित हुनेहरुमा :


नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौकाका प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) डा. दुर्गा थापा मगर , जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरिक्षक (एस.पि) कृष्ण बहादुर पल्ली मगर, प्रहरी प्रधान कार्यालय आन्तरिक लेखा परिक्षण प्रहरी शाखाका प्रहरी नायब उपरिक्षक (डि.एस.पि) मदन कुमार थापा मगर ,  प्रहरी प्रधान कार्यालय भौतिक पुर्बाधार निर्देशनालयका प्रहरी नायब उपरिक्षक (डि.एस.पि)ई. अनिल राना मगर , प्रदेश प्रहरी कार्यालय प्रदेश नं.७ दिपायल संचारका प्रहरी नायब उपरिक्षक (डि.एस.पि) राम बाबु राना मगर , प्रहरी निरिक्षक (ईनिस्पेक्टर) राजेन्द्र थापा मगर , प्रहरी निरिक्षक (ईनिस्पेक्टर) सचिता थापा मगर , प्रहरी निरिक्षक (ईनिस्पेक्टर) सुशिल थापा मगर, प्रहरी निरिक्षक (ईनिस्पेक्टर) धन बहादुर थापा मगर , प्रहरी निरिक्षक (ईनिस्पेक्टर)थमन सिंह राना मगर , प्रहरी निरिक्षक (ईनिस्पेक्टर) दान बहादुर मिरिंचिंग मगर  र प्रहरी निरिक्षक (ईनिस्पेक्टर) मैयांदेबी दर्लामी थापा मगर सम्मान पत्रले सम्मानित हुनु भएको थियो ।


कुन्ता थापा मगरको नेतृत्वमा कलाकार भाई बैनीहरुले कौराह र सालैजो नृत्य प्रस्तुत गरि कार्यक्रममा उपस्थिति अतिथिज्यूहरुलाई मनोरञ्जन दिलाएका थिए ।

शुभकामना मन्तब्य दिनु हुनेमाहरुमा :

मन्त्री श्री थम माया थापा मगर , गंगा थापा खासु मगर ,सुरेश आले मगर , नेपाल प्रहरीका पूर्ब महानिरिक्षक कुबेरसिंह राना मगर र नेपाली सेनाका पूर्ब जनरल भुपेन्द्र बहादुर थापा मगर र नेपाल मगर भूतपूर्ब सैनिक तथा प्रहरी संघका ईन्र्चाज दल बहादुर बिरकटा मगरले शुभकामना सहित मगर समुदायको आर्थिक समृद्धिका लागी ब्यबसायिकहरुको  एकता आजको आबश्यक्ता , मगरहरुको लगानीमा बन्दै गरेको काठमाण्डौ भिउटावर बारे र मगर जातिको आर्थिक समृद्धिका लागी भूतपूर्बक सैनिकहरुको योगदान बारे बक्ताहरुले चर्चा गर्दै प्रसंंशा समेत गर्नु भएको थियो ।


कार्यक्रमका अध्यक्ष थापाले सभालाई समापन गर्दै शहिद सप्ताहको अवसरमा प्रथम र द्धितिय बिश्व यूद्धमा ज्यान गुमाएका सबै योद्धाहरु र बिश्वमा नेपालको नाम चिनाउन सफल सबै भि.सी. योद्धाहरुलाई शहिदले सम्मान गर्न नेपाल सरकार समक्ष माग राख्दै आगामी दिनमा नेपाली सेना, नेपाल प्रहरी र सस्त्र प्रहरीका बडुवा अधिकृतहरुलाई सम्मान गर्दै जाने र उहांहरुलाई अवकास प्राप्त पछि संगठनमा लाग्न अनुरोध गरेका थिए ।

Last Updated on Monday, 11 February 2019 16:47

Hits: 1343

दुई बर्षमै तयार हुने गरी काम भैरहेको छ : अध्यक्ष थापा

कस्तो र कसरी बन्दै छ काठमाण्डौंको भ्यूटावर ?

काठमाण्डौ, मंशिर १९

 मगर इन्भेष्टमेन्ट समुह ( मिग हङकङ्ग ) का अध्यक्ष सुमन थापा मगरले दुई वर्ष भित्रै सम्पन्न हुने गरी काठमाण्डौंको भ्यू टावर निर्माण कार्य भैरहेको बताउनुभएको छ । नेपालकै एक उदाहरणीय र प्रमुख गन्तब्यको रुपमा काठमाण्डौं भ्यू टावर निर्माण हुने दाबी गर्दे अध्यक्ष थापाले यस्ता ठूला योजनाहरुमा सर्वसाधारण जनताले समेत लगानी गरेर फाईदा लिन सकुन भनेरै मिग नेपालले देशभर अभियान चलाएको बताउनुभयो । कस्तो र कसरी बन्दै छ काठमाण्डौंको भ्यू टावर ? पाल्पाको तानसेनमा भएको कार्यक्रममा जानकारी दिदै सुमन थापा मगर ।

हेर्नुस भिडियो ।



Last Updated on Wednesday, 05 December 2018 16:51

Hits: 737

नन्दबहादुर घर्ती मगरको हत्यारा र उस्को मतियारलाई फांसी दे : गोरेबहादुर खपांगी फाउंडेसन !

राज्यसत्ता बिसेस ,


काठमाण्डौ, मंसीर २८ गोरेबहादुर खपांगी फाउण्डेशनका सक्रिय सदस्य, नेपाल मगर संघ केन्द्रिय समितिका पूर्ब उपाध्यक्ष,राजनीतिक बिषलेशक एबं सालिन ब्यक्तित्व र राजनेताको छबि बनाउन सफल हुनुभएका नन्द बहादुर घर्ती मगरको हत्यारा र उस्को मतियारलाई पत्ता लगाई फांसीको सजाय दिन नेपाल सरकारका गृहमन्त्रिी रामबहादुर थापा मगरलाई गोरेबहादुर खपांगी फाउंडेसनको टोलीले उहांकै कार्यकक्षामा भेटी मंसीर २७ गते ज्ञापन पत्र बुझाएको छ ।

गोरेबहादुर खपांगी फाउंडेसनका अध्यक्ष हुमबहादुर थापा मगरको नेतृत्वमा गएको टोलीले नेपाल सरकारका गृह सचिब प्रेम कुमार राईलाइ समेत भेटी उक्त घटनाको जानाकारी गराएको छ ।
फाउंडेसनले यथासिध्र चांडो हत्यामा संग्लंगन हत्यारालाई पत्ता लगाई कानुनी कठाधारामा ल्याई पिडित परिवारलाई न्याय दिन दांग जिल्ला प्रशासनलाई समेत ध्यानाकर्षण गर्न त्यस तर्फ जाने भएको छ र फाउंडेसनले सुरक्षा ब्याबस्थाको समेत सरकारलाई माग गरेको छ ।
घर्ती मगरको मंसीर १३ गते बेलुकी अन्दाजी ५ बजे तिर धारिलो हतियार परियोग गरि पासबिक तरिकाले हत्या गरिएको थियो । फाउंडेसनले यस बिभत्स हत्याको धोर निन्दा र भत्सर्ना गर्दछ ।

पढ्नुहोस ज्ञापनपत्रको सारंस :




 























 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 





माननीय मन्त्रीज्यू,
गृह मन्त्रालय सिंहदरबार, काठमाडौं ।

 बिषय :ज्ञापनपत्र सम्बन्धमा ।
महोदय,
प्रस्तुत सम्बन्धमा गोरेबहादुर खपाङ्गी फाउन्डेशनका संस्थापक तथा सक्रिय सदस्य एवं नेपाल मगर संघको पूर्व उपाध्यक्ष तथा हालका सल्लाहकार श्री नन्दबहादुर घर्तिमगरको मिति २०७५।८।१३ गते साँझ करीब ४.०० बजेको समयमा निजले संचालन गरी आएको दाङ, घोराहीस्थित हार्डवेयर पसलबाट सोही ठाउँ निवासी अमर खत्रीले अपहरण गरी लगी हत्या गरेको तथ्य यस मन्त्रालयलाई जानकारी भइसकेकै हुनुपर्छ । अभियुक्त अमर खत्रीले अपहरण गरी लगेको करीब एक घण्टाको बीचमै निज घर्तिमगरको हत्या पनि भैसकेको थियो भन्ने कुरा घटनाक्रमले देखाई सकेको छ । यो विभत्स, पासविक, क्रुर र कायरतापूर्ण हत्याको विरुद्ध यस फाउन्डेशनले प्रेस विज्ञप्ति जारी गरिसकेको छ र हत्यामा सम्लग्न मुख्य अभियूक्त मध्येको एक हाल अनुसन्धानको दायरामा ल्याइसकिएको छ र निज हत्यारा पक्राउ पर्नुमा निज नन्दबहादुर घर्तिमगरकै श्रीमती सुमित्रा घर्तिमगरको तदारुकताले रंगेहात पक्राउ गर्न सफल भएको तथ्य विभिन्न समाचारमाध्यमबाट सार्वजनिक भैसकेको छ । यद्यपि निज नन्दबहादुर घर्तिमगरको हत्यामा अभियुक्त अमर खत्रीबाहेक अन्य व्यक्तिहरु पनि मतियार सहयोगीको रुपमा रहेको तथ्य तत्कालीन समयको मोबाइल वार्ता, घटनाक्रमले देखाइसकेको छ र घटनामा संलग्न सुनमाया डाँगी तत्कालै पक्राउ पनि परेकोमा हाल अपराध अनुसन्धान गर्ने प्रहरीले बिना केरकार, वास्तविकता पत्ता नलगाई अर्थात् निज घटनामा संलग्न व्यक्ति हो भन्ने तथ्य मृतककी श्रीमती सुमित्रा घर्तिमगरसंगको मोबाइल वार्ताबाट खुल्नेमा निजलाई समेत नबुझी छोड्नु, उज्यालो भएकै समयमा एकजना व्यक्तिले मृत लास खोलासम्म पु¥याउन नसक्ने र मृत लासलाई ट्याम्पुमा राखी लगेको भन्ने स्थानीय व्यक्तिहरुले जानकारी गराएकोमा सोबारेमा सोधपुछ, छानबिन नगरी अन्य व्यक्तिलाई पक्राउ नगर्नुले अपराध अनुसन्धान फितलो र अभियुक्त अमर खत्रीलाई सुरक्षा दिन राखिएको महसुश गराएको छ र यसले दण्डहिनतालाई प्रश्रय दिएको प्रष्ट भएको छ । यस परिप्रेक्ष्यमा यस मन्त्रालयको सहयोगको लागि सिलसिलेवार रुपमा घटनाक्रमलाई प्रष्ट्याएका छौं । यसैले यस घटनामा संलग्न भएका अन्य अपराधीहरुलाई अपराध अनुसन्धान तहकिकातको दायरामा ल्याई कारवाहीको लागि जोडदार माग गर्दै यो ज्ञापनपत्र बुझाएका छौं । 
नन्दबहादुर घर्तिमगरको हत्या सिलसिलेवार घटनाक्रमः
 २०७५।८।१३ गते अपरान्ह ४ बजे अमर खत्रीले फोन गरी त्यसको केही समयपछि निज खत्री लिन आएको र पुल सम्म सँगै लिएर गएको दृश्य नन्दबहादुर घर्ति मगरकी वर्ष ३ की कान्छी छोरी याङशु घर्तिमगरले देखेको र सो कुरा उनले आफ्नो दिदी वर्ष ८ की यूङला घर्ति मगरलाई भनि सके पश्चात आमा अर्थात मृतक नन्द बहादुर घर्ति मगरकी श्रीमती सुमित्रा घर्ति मगरले थाहा पाउदा उक्त व्यक्ति अमर खत्रि रहेको ।

नन्दबहादुर घर्तिमगरले व्यवसाय गर्दै आएको ठाउँ घोराही नयाँबसपार्कबाट निज खत्रीले  नन्दबहादुर घर्ति मगरलाई लिएर गएको ।


त्यसको ००.४५ मिनटपछि नन्दबहादुर घर्तिमगरको श्रीमती सुमित्रा घर्तिमगर पसलमा आएको र आउनासाथ छोरीले आमालाई ‘बाबालाई अमर खत्री मामाले लिएर जानु भयो’ भनेर सुनाएको ।


छोरीको कुरा सुन्नासाथ श्रीमती घर्तिमगरले पहिले श्रीमान नन्दलाई फोन गरेकोमा पटक पटक फोन गर्दा पनि निजको फोन नउठेपछि निज अमर खत्री नाम गरेका व्यक्तिलाई फोन गर्नु भएको तर निजको पनि फोन नउठेको ।


पुनः फोन गरेपछि मात्रै अमर खत्रीले फोन उठाएको । फोनमा ‘मेरो श्रीमानलाई फोन दिनुस्, किन वहाँको फोन उठेन ?’ भनी प्रश्न गर्दा जवाफमा अमर खत्रीले ‘वहाँ अहिले साथीहरुसंग कुरा गर्दै हुनुहुन्छ ।’ भनेकोमा पुन श्रीमती घर्तिमगरले जसरी भएपनि फोन दिनुस भन्दा निज अमरले फोन काटेको ।


पुनः श्रीमती घर्तिले फोन गर्नुंभयो तर अमरको फोन उठेन । पटक पटकको फोनको प्रयासपछि फोन उठ्यो, फोनमा अमर खत्रीले नबोलेर निजको फोनमा अर्कै एकजना महिलाले फोन उठाएर कुरा गरेको ।

 
ती महिलाले फोनमा श्रीमती घर्तिमगरलाई ‘तिम्रो पोइ यहाँबाट पैसा लिएर गैसक्यो, कता रेष्टुरेन्टमा गएर रक्सी खाएर बसेको होला, यहाँ धेरै फोन नगर’ भनी धम्काएर फोन काटेको ।


मोबाइलमा बोल्ने महिला अमर खत्रीको घरपट्टी, सुनमाया डाँगी भन्ने महिला रहेको ।


श्रीमती घर्तिमगरलाई शंका लागेपछि निज आफ्नो केही साथीहरुलाई लिएर अमर खत्री डेरा लिई बसेको घरमा पुग्नु भयो ।


सो स्थानमा श्रीमती घर्तिमगर पुग्दा निज अमर खत्री रगतले लतपत्तिएको कपडा फेर्दै गरेको अवस्थामा भेटिएको ।

 
त्यस्तो अवस्थामा देखेपछि श्रीमती घर्तिमगरले तुरुन्तै प्रहरीलाई खबर गर्नु भई प्रहरी आई अमरलाई लिएर गएको ।


पुनः घर्तिमगरसंगै गएका महिलाहरुले निज महिलालाई केरकार गर्दा निजले केही समयअघि फोनमा बोल्ने महिला आफू नै भएको र आफू पनि सो घटनामा संलग्न भएको कुरा स्वीकार गरेकोे, जसले गर्दा प्रहरीले निजलाई पनि पक्राउ गरी लगेको ।


प्रहरी नियन्त्रणमा रहेकी डांगीलाई प्रहरीले सामान्य सोधपुछ पश्चात अनुसन्धानको दायरामा नराखेको कुरा जानकारीमा आएको ।

तिनै सुनमाया भन्ने महिलासंग पछि टोलको महिला समूहले निज सुनमायासंग घटनामा निजको संलग्नताबारे सोधपुछ गरी जानकारी लिन खोज्दा ‘मेरो बारेमा चिन्ता लिनु पर्दैन, म आफूलाई लागेको आरोपको बारेमा सबै व्यवस्था मिलाई सकेको छु, मलाई कुनै समस्या छैन’ भनी निज अनुसन्धानको दायरामा नपरेको कुरा सगर्व प्रस्तुत हुनुले निजलाई प्रहरीले सहजै छोडिदिएको स्पष्ट हुन्छ ।

 

मागहरु:
१. किटान हुन सक्ने शंकास्पद महिलालाई अपराध अनुसन्धान तहकिकातको दायरामा ल्याई कारवाही  गरियोस् ।
२. मृतक नन्दबहादुर घर्तिमगरलाई शहिद घोषणा गरियोस् ।
३. मृतक नन्दबहादुर घर्तिमगरको परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराइयोस् ।
४ मृतक नन्दबहादुर घर्तिमगरको नाबालक छोरीहरु वर्ष ८ कि यूङला घर्ति मगर, वर्ष ३ की याङशु घर्तिमगर र वर्ष १ को छोरा शेराङ घर्तिमगरलाई स्नातकोत्तर सम्म निशुल्क शिक्षा र वर्ष ३१ की पत्नी सुमित्रा घर्तिमगरलाई रोजगारी प्रत्याभूति राज्य पक्षबाट गरियोस् ।
 
मिति २०७५/८/२४ गते 
             भवदीय

 

      ............................
          हुमबहादुर थापा
              अध्यक्ष

 

 


Last Updated on Friday, 14 December 2018 03:38

Hits: 1558

भ्यू टावर निर्माणका लागी लगानी जुटाउदै मगरहरु

देब पचभैया
पाल्पा, मंशिर १७ - रत्नपार्क, काठमाण्डौमा निर्माणाधिन भ्यू टावर निर्माणका लागि मगर अगुवाहरुले देशविदेशमा रहेका मगरहरुलाई सहभागी गराउने बताएका छन् ।

Image may contain: 1 person, standing


कुल लागतको २० प्रतिशत शेयर लगानी गर्ने गरी मगर इन्भेष्टमेन्ट गु्रप (MIG) नेपालको नेतृत्वमा सबै मगरहरुलाई सहभागी गराउने गरी अभियान संचालन भैरहेको यूके मगर संघका अध्यक्ष एबम् ग्लोबल  कोअर्डिनेटर नेम थापा मगरले जानकारी दिनुभयो । 

Image may contain: 8 people, people sitting and indoor

मिग हङकङ्ग र यूके बाट भ्यू टावरमा लगानी गर्ने अभियान भैरहेपनि पछिल्लो समय संसारभर रहेका मगरहरुलाई पनि लगानी गर्ने बाताबरण सिर्जना गर्दै अभियानलाई तिब्र पारिएको  मिग हङकङ्गका संयोजक सुमन थापाले बताउनुभयो ।

Image may contain: 3 people, including Nem Thapa, people sitting

काठमाण्डौ भ्यू टावरका नेपाल संयोजक हुम बहादुर थापाका अनुसार पैसा भएकाहरुलाई मात्रै समेट्ने भन्दा पनि गाँउमा कुखुरा बाख्रा बेच्ने मगरहरुलाई पनि लगानी गर्न उत्प्रेरित गर्ने गरी नेपालका सबै जिल्लाहरुमा जानकारी दिन अन्र्तक्रियात्मक कार्यक्रम भैरहेको छ ।

Image may contain: 9 people, including Om Bahadur Gharti Magar, Jiba Ale and Kushum Thapa Magar, people sitting and indoor

जिल्लामा पुगेर गरिएका कार्यक्रमले लगानी गर्ने मगरहरुको जमात बढ्दै गएको भन्दै संयोजक थापाले सबैलाई समेट्ने नसकिएपनि धेरैलाई सहभागी गराउने अभियानलाई तिब्र पारिएको बताउनुभयो ।

Image may contain: 5 people, including Girdhari Sharma, people sitting

मगर संघ हङकङ्गकी अध्यक्ष युगमाया रानाले भ्यू टावर नेर्माणमा मगरहरुको योगदान पनि देखिने  र त्यसबाट हुने आम्दानी सबैलाई समान रुपमा बितरणका लागि पनि अभियानलाई सक्रिय बनाइएको जानकारी दिनुभयो । रानाका अनुसार काठमाण्डौ , पोखरा , झापा, पाल्पा, रुपन्देही, चितवन लगाएतका जिल्लामा भ्यूटावर निर्माणमा लगानी जुटाउने गरी बृहत छलफल भैसकेको छ ।

Image may contain: 4 people, including Yug Maya Rana, people sitting and indoor

झण्डै २३ रोपानी क्षेत्रफलको जमिनमा ७ अरब ६४ करोडको लागतमा बन्न लागेको ३२ तले भ्यूटावर निर्माणमा जलेश्वर कम्पनीको ५० प्रतिशत, आईडिया फर नेपालको ३० प्रतिशत र मिग नेपालको २० प्रतिशत लागत रहेको छ ।

Last Updated on Tuesday, 04 December 2018 15:40

Hits: 935

 हार्दिक श्रध्दाञ्जलि - भिमी देवी राना

मिग मिडिया प्रा.ली द्धारा संचालित

www.rajyasatta.com

सुचना तथा प्रसारण बिभाग

दर्ता नम्बर १६८७/०७६-७७

ठेगाना

ललितपुर १४, ललितपुर

संचालक/प्रधानसम्पादक

हुम बहादुर थापा मगर

मोबाईल ९८४१५९३६०६