A+ A A-

दशै बहिष्कार : ब्राह्मणवाद बिरुद्धको बिद्रोही अभिब्यक्ति ❗️

नेपालमा मनाइने बिभिन्न धार्मिक,समुदाय बिशेष चाड पर्व मध्य अन्त्यन्त बिवादित पर्वमध्य शायद पहिलो नम्बरमा पर्दछ होला "दसैं" यो चाड माओवादी बिद्रोह हुँदा अत्न्यत शिथिल अवस्थामा पुगेको पनि थियो तर माओवादी सत्तामा बसेपछी राजा र हिन्दू राज्यको पालामा गाई ,गोरु खुलेआम काटेर भोज खुवाउने अनी शामन्ती चाड पर्व नमनाउने घोषणा गरे पनि अन्तत त्यही प्रचन्ड ,बाबुराम पनि हिन्दू धर्म सन्स्क्रितीको नै पक्षपाती दरिए । केही बर्ष दसैं नमाने जस्तो गरे पनि फेरी दसैं उही राजाको पालामा झै तामझाम्का साथ मनाउन सुरु गरे सरकारी खर्चमा जबकी आदिवासी जनजाती चाड पर्व मनाउदा खर्चको त कुरै छोडौ शुभकामना समेट दिएको भेटिन्न । हिन्दू धर्मका रक्षक राजा अहिले नभएपनी कम्युनिस्त नकाव्धारी हिन्दू वादी ब्राहमान नै सत्तामा बसेकोले दसैं जबर्जस्त महान चाड बनाई मनाउदै गरिदा आदिवासी जनजाती ,दलित समुदाय भने राज्यको विवेधपूर्ण व्यवस्था पर्ती अस्न्तोष पोख्न हरेक साल यो दसैं बहिस्कार गर्दै आईरहेका छन । 

 

दशै बहिष्कार : ब्राह्मणवाद बिरुद्धको बिद्रोही अभिब्यक्ति ❗️
__________________________________ ✍️ दुर्गाहाङ याखाराई "ब्राह्मणवाद विरुद्ध जनजाति + उत्पिडित बर्ग" नामक बहुचर्चित पुस्तकका लेखक एबम सोही पुस्तकबाट साभार ।

{ श्री ३ जंगबहादुरको शासनकालमा राज्यशक्तिबाट भयभित भई कतिपय किराती हिन्दु चाड दसैंलाई अनिच्छापूर्वक स्विकारिरहेका थिए भने कयौंले चाहिँ डटेर हामी हिन्दु चाड दसैं मान्दैनौं भनी विरोध जनाइरहेका थिए । अतः अधिनायक जंगबहादुरले त्यसरी अस्वीकार गर्ने नेता किरात जनसमुदायका नेताद्वय (६ थर थुम धनकुटाका आठपहरे राई) रामलिहाङ र रिदामालाई सरकारी सेनाद्वारा मारे । अनि विजय उल्लाससाथ विजया–टीकासहित उनीहरूकै स्वजातीय बन्धुहरूलाई राँगो, बोको आदि काटेर दसैं मान्न लगाइयो । यसरी जंगबहादुरले हिन्दु सांस्कृतिक दासत्वको जुवा पूर्वी किरातहरूको घिच्रोमा भिराइदिएका थिए । जुन किराती घिच्रो र शिर आजसम्म स्वतन्त्र र ठाडो हुन सकेका छैन। }

----------------------------///----------------------------

वर्तमान संविधानमा स्वघोषित हिन्दु उच्च जातिहरूको निजी धर्म हिन्दुलाई संवैधानिक राष्ट्रिय धर्मको मान्यता कायम गराइएपछि गैरहिन्दु किरात मुलका जनजातिहरूले हिन्दु धर्म र त्यससम्बन्धी संस्कारलाई संगठित रूपमा बहिष्कार गरिल्याएका छन् । तिनै बहिष्कृत संस्कृतिमध्ये नेपाली हिन्दु चाड दसैंले निकै चर्चा पाएको छ । हिन्दुकृत जनजाति तथा उत्पीडित वर्गले पनि आफ्नो संस्कृतिका रूपमा मनाइल्याएका दसैंलगायतका चाडपर्वप्रति समीक्षात्मक पुनर्मूल्यांकन गर्न बाध्य भएका छन् ।

हिन्दु चाड दसैंलाई बहिष्कार गर्ने समूहको तर्क छ— प्रागैतिहासिककालमा आर्य र अनार्यबीच घटित जातीय युद्धमा छलकपटद्वारा आर्य जाति विजय बनेको थियो । तसर्थ, सोही विजय उल्लासको प्रतिरूप हिन्दु उच्च जातहरूले मनाइल्याएका जन्मउत्सव (जयन्ती) ‘विजयादशमी’मा हामी अनार्य/हिन्दुहरू पनि आफ्नै जातीय पराजयको खुसियालीस्वरूप निधारभरि रातो टीका टाँसेर आर्यको दासत्व र आफ्नै लघुताभासको प्रतीक ग्रहण गर्दैनौं । यो धारणाको पुस्टयाइँमा ऐतिहासिक तथ्यगत केही दम छ ।

विजयादशमीलाई जनजातिहरूले आर्यहरूको चाड–पर्व ठान्न थालेका छन् । जनजातिद्वारा दसैं बहिष्कारको अभियान आफैमा केही होइन । यो खासोखासमा हिन्दु धर्म र त्यसको पृष्ठपोषक (पछिल्तिरबाट मद्दत गर्ने) आप्रवासी मुलको अति अल्पसंख्यक एक ब्राह्मण जातीय रजाइँ र रजगजप्रतिको असहमति एवम् विद्रोहजन्य मुक्ति–संघर्षको सांकेतिक अभिव्यक्ति हो । अनि हो, जातीय मुक्ति उपायको खोज निम्ति अदबनीय (दबाउन नसकिने) र असहनीय व्यग्रताजन्य हातखुट्टा पछाराई तथा छटपटाहटको द्योतक । तर, यहाँ चर्चा गरिन लागेको सन्दर्भचाहिँ जनजातिले धार्मिक, साम्प्रदायिक मुक्ति–संघर्षको सुरुवात यही दसैंलाई नै बहिष्कार गर्नबाट किन रोजे होलान् ? यस कौतूहलताको समाधान गर्नु हो ।

 

दसैं चाड लिच्छवीकालको उपज

 

वस्तुतः आजको रूपको दसैं चाड लिच्छवीकालदेखि विकसित भएको ऐतिहासिक स्पष्ट आधार पाइन्छन् । तत्कालीन हिन्दुस्थानमा तीनदेखि साढे पाँच ई. शताब्दीसम्ममा लिच्छवीहरूको समकालीन शासकहरू प्रतापी गुप्त (शुद्र) सम्राटहरू थिए र लिच्छवी शासक तथा सामन्तहरूले गुप्तकालीन सभ्यता र गुप्त सम्राटहरूको देखासिकी दुरुस्तै नेपालमा उतारेका थिए । गुप्तकाललाई हिन्दुस्थानमा ब्राह्मण धर्मको पुनर्उत्थानको प्रतीक मानिन्छ । यसै कालदेखि पौराणिक धर्मले आधुनिक हिन्दु धर्ममा चोला बदलेको हो । यसै अवधिमा अनगिन्ती हिन्दु धार्मिक पुस्तक, पुस्तिकाको रचना र रामायण तथा महाभारत महाकाव्यसमेतको अन्तिम सम्पादन र पुनर्लेखन भएको थियो । वैदिक धर्मलाई अधिक लोकप्रिय बनाउने उद्देश्यले वैदिक देवतालाई मानव रूपधारी बनाइए । उनीहरूको उपासनाबाट भक्तिको अभिव्यक्ति हुन गयो र वैदिक धर्मको परम्परा र पुनरुद्धारमा वैष्णव, शैव आदि विभिन्न धार्मिक सम्प्रदायको विकास भयो । बौद्ध धर्मको लोकप्रिय सिद्धान्त जति वैदिक धर्ममा मिलाइयो र स्वयम् ऐतिहासिक पुरुष बुद्धलाई नै पनि काल्पनिक पुरुष विष्णुको एक अवतार मानियो । यही कालमा देवताको साथसाथै देवीहरूको पनि उपासना गरिन्थ्यो । देवीहरूमा प्रमुख स्थान लक्ष्मी, दुर्गा र पार्वतीका थिए ।

 

लिच्छवीकालमा हाम्रो इतिहासलाई सिंहावलोकन (पछिल्तिर हेर्ने काम) गर्ने हो भने लिच्छवी शासकले गुप्तकालीन उपरोक्त धार्मिक, सांस्कृतिक तथा राजनीतिक नक्कल हुबहु नेपालमा पैठारी गरेका थिए । कतिपय लिच्छवीकालीन धार्मिक तथा सांस्कृतिक परम्परा आजसम्म जीवितै छन् नेपालमा । तीमध्ये दसैं चाड एक हो । चैतेदसैं भनूँ या बडादसैं दुवैमा भारतेली गुप्तकलामा सिर्जित नारी र अस्त्रशक्ति उपासनाको नयाँ अवधारणालाई ‘देवी दुर्गा’ पूजाको अर्थमा रूपान्तरित भएको छ । तत्कालीन नेपाल अर्थात् आजको काठमाडौं उपत्यकाभित्र पर्ने भक्तपुरमा आज पनि धुमधामसँग मनाइने खड्ग खुकुरीभन्दा भिन्न आकारको दुई/चार फिट लामो फलाम काट्ने हतियार लिच्छवीकालमा पौराणिक ‘देवासुर संग्राम’ कथाको अनुकरणका रूपमा आएको हो भन्ने अनुमान छ ।

 

काठमाडौं उपत्यकामा घोडेजात्राको नामबाट आज छुट्टै विख्यात चाडको अस्तित्व कायम हुन आए पनि र यस चाडमा समाविष्ट अष्टमातृका देवीहरूको नाममा विविधता रहे पनि यसभित्र चैते या बडादसैंमा उपासना गरिने यही नारी र अर्थशास्त्रको अवधारणा अन्तरनिहित छ ।
देवी भागवत् तथा देवासुर संग्राममा उल्लेख भएअनुसार महादेवबाट नारीबाहेक कसैले मार्न नसक्ने त्रिभुवन (आकाश, पातल र पृथ्वी) को राज्य गर्ने पाएका असुर (अनार्य–अहिन्दु) ले त्रिभुवनवासीलाई धेरै दुःख, कस्ट दिए । तसर्थ, स्वर्गमा देवसभा भई ती असुरहरूलाई सखाप पार्ने निर्णय भयो । यसपछि ब्रह्मा, विष्णु र महादेवले आ–आफ्नो शक्तिद्वारा ‘अष्टमातृका गण’ नौरातमा एक/एक गरी महामाया देवी क्रमशः ब्राह्मयणी, महेश्वरी कौमारी, भद्रकाली बाराही, इन्द्रायणी महाकाली, महालक्ष्मी र त्रिपुरा सुन्दरी उत्पत्ति गराए । यही गणले अन्ततः सारा बलवान् दानवको शिरोच्छेदन गरी ‘विजय टीका’ ग्रहण गरे, गराए । यसै कथामा आधारित बडादसैं भक्तपुर सहरमा मनाइने खड्गजात्रामा लिच्छवीपछिका मल्ल शाहहरूले आफ्नो इस्टदेवी ‘तलेजु भवानी’को वाहन घोडासमेतलाई समावेश गराई घोडेजात्रा नामको अर्को चाड काठमाडौं उपत्यकाका तीनै सहरमा जन्माएका लोकोक्ति छ । तर, पाटन र काठमाडौं सहरमा भने यो जात्रा प्रत्येक वर्ष चैत्र कृष्ण औंशीको दिन मनाइन्छ । यहाँ मनाइने घोडेजात्रामा समाविष्ट अष्टमातृका गण नरदेवी, भद्रकाली, टखती, मैती असनदेवीजस्ता केही भिन्न नाम छन् । यसरी काठमाडौं उपत्यकामा घोडेजात्राको नामबाट आज छुट्टै विख्यात चाडको अस्तित्व कायम हुन आए पनि र यस चाडमा समाविष्ट अष्टमातृका देवीहरूको नाममा विविधता रहे पनि यसभित्र चैते या बडादसैंमा उपासना गरिने यही नारी र अर्थशास्त्रको अवधारणा अन्तरनिहित छ । 

दसैं मनाउन इन्कार गर्नेलाई मार हानियो

कालान्तरमा लिच्छवी शासनको पतनपछि यहाँ मल्लहरू राजा भए । यो काठमाडौं उपत्यकालाई गोरखा राज्यमा सम्मिलित गराइने बखत यहाँ भादगाउँ (भक्तपुर), पाटन र काठमाडौं नामक तीनवटा स–साना राज्य थिए । तीमध्ये शक्तिशाली राज्य काठमाडौंको अन्तिम राजा जयप्रकाश मल्ललाई विसं १८२५ को इन्द्रजात्रा मनाइरहेको बखत गोरखाका राजा पृथ्वीनारायण शाहले सैन्यसहित आक्रमण गरी उनलाई मृत्यु शय्यामा पुर्‍याइदिए । अनि त्यस जात्रामा स्थापित राजाविहीन रित्तो राजगद्दीमा बसी आफूलाई नयाँ राजाका रूपमा त्यहाँ उपस्थित जनता तथा देवीको प्रतीकस्वरूप राखिने कुमारीद्वारा फूलमाला तथा तिलक लगाइए ।

राजा पृथ्वीनारायण शाह, त्यसैबखत, आफू हिन्दुहरूले भन्दा बढी–चढी त्यहाँका आदिवासीहरूले हिन्दु धर्मअनुसार राजालाई विष्णु भगवानको अवतार मानेर पूजा गरेको र हिन्दु धर्ममा आधारित इन्द्रजात्रा मनाइरहेको देखी ती हिन्दुहरूउपर शासन गर्न सरल हुने महसुस गर्दै हर्षविभोर भए हुन् । किनकि सारा रैती (अर्धदास दर्जाका जनता) हरप्रजातिगत आधारमा अनार्य/अहिन्दु छुट्टै किरात मुलका हुँदाहुँदै पनि उनीहरूको थोपा–थोपा रगतमा हिन्दुत्व बगिरहेको थियो । हिन्दु संस्कारमा मन्त्रमुग्ध भई उनीहरू झुमिरहेका थिए । कालान्तरमा सानो गोरखा (नेपाल) राज्य विस्तार हुँदै गई शाही, राणा शासन पूर्वी अहिन्दु मुलुक किरातप्रदेशसम्मै फैलन पुग्यो । शासकहरू नवदुर्गा भक्त थिए ।

राजा पृथ्वीनारायणको विसं १८३१ आश्विन वादी १० मा पूर्वी किरातप्रदेशलाई अतिक्रमण गर्न खटिरहेका अभिमानसिंह समेतलाई विजयपुर–मोरङ राज्यका प्रमुखमन्त्री बुद्धिकर्ण राईका असल हात्ती चोरी गराई उनीसमक्ष पठाउन लेखेका पत्रको शिरमा ‘श्री दुर्गा सहायक’ भनी लेखेका थिए । उनका नाति राजा रणबहादुरले त लालमोहर तथा चिट्ठीचपेटाको शिरमा ‘श्री दुर्गा सहायक’ वा ‘श्री दुर्गा’ लेख्ने परम्परा नै बसाले । उनले यहाँसम्म कि आफू काशी प्रवासमा रहँदा बेखर्ची भई शिवलाल दुबे नामका स्थानीय एक साहुबाट कर्जा काडी निजलाई लेखिदिएका १८०४ ई. (विसं १८६० ) को तमसुकमा धरी ‘श्री भवानी’ मुद्रित रातो खड्ग छाप लगाइदिएका छन् । यस अतिरिक्त नेपाली मुद्राहरूमा ‘श्री भवानी’ अक्षर र खड्ग वा त्रिशूल निसाना छापअंकित गर्ने परम्परा त हालसम्मै यथावत् कायम छ ।

राणा शासन धराशयी नहोउन्जेलसम्म पूर्वी किरातप्रदेशका जनता सरकारी दसैं आतंकबाट भयग्रस्त रहने गर्थे । त्यहाँका बूढापाका आज पनि राणाकालीन स्मरण सुनाउने गर्छन् कि प्रत्येक बडादसैंपछि सरकारी तिलंगा (कालो लबेदा सुरुवालमा सेतो पटुका र सेतै फेटावाला सिपाही) गाउँ–गाउँ घुमेर गाउँलेले दसैं माने, नमानेको चियोचर्चाे गर्ने गर्थे ।

पछि, राजा रणबहादुरका नाति राजा राजेन्द्रको कार्यकालमा उनहीरूका आराध्यदेवी दुर्गालाई ‘राष्ट्रिय देवी’ तुल्याउने प्रयत्न भएको थियो । किनकि गैरहिन्दु प्रदेशका किरात जनसमुदायमा पनि शाही इस्टदेवी दुर्गाको पाठपूजा गराउन नवदुर्गाको महिमा र स्तूतियुक्त बडादसैंलाई राष्ट्रव्यापी चाडपर्व तुल्याउने उद्देश्यले यो हिन्दु संस्कृतिलाई राज्यशक्ति लगाएर लादिएको स्पष्ट साक्ष्यहरू छन् । राजा पृथ्वीनारायणका शासनकालदेखि स्थानीय प्रशासनिक एजेन्डा बनाई राखिएका बाक्लो र माझकिरातका ‘अमालिराई, मझिया, जिमिदार, तालुकदार, थरी, मुखिया’ आदि र पल्लोकिरात प्रदेशका किपटिया लिम्बू ‘सुब्बा’लाई बडादसैंमा पशु–पक्षीको मार हानी दुर्गापुजन गर्न प्रलोभनसहित बाध्य तुल्याइएका थिए । उनीहरूले दसैंमा आ–आफ्ना रैतीका घरमा काटिने बोका, खसीका फिला ‘दसैं–सिसार’ लिन पाउने र आफूहरूले दुर्गापूजा गरी दसैंमा रैतीबाट जिन्सी वा नगद असुल गरी खान पाउने लालमोहर गरिदिएका थिए ।

विसं १८७७ मा राजा राजेन्द्रले माझकिरातका जिमिदारलाई रैतीबाट बेठी (रकम वा खेतालाबापत) बेगार (ज्याला नदिई लगाइने काम) सिसार आदि सित्तैमा उपभोग गर्न पाउनेगरी गरिदिएका लालमोहरमा एक ठाउँमा लेखिएको छ “..गाउँ १ को दसैंया भेडाभार वलकका बोको–१ के रुपया १ खाड पुजाको घरहि चावल मानाएकका हिसाबले (अमालीलाई) तिर्नु…………….।” यस लालमोहरको आधारबाट सामन्ती मनोवृत्तिका ‘राईअमाली’ र लिम्बुवानका ‘सुब्बा’हरूले आ–आफ्ना सोझासिधा रैतीबाट यस्ता दसैंया दैदस्तुर जिप्टाएर असुल गरिखाने प्रलोभनमा उनीहरूमाथि दसैं संस्कार ठगिखाने भाँडाका रूपमा बलपूर्वक लादेर ल्याएका तथ्य स्वतः बुझिने कुरा हो ।

परम्परागत शाही शासनको बागडोर राजा सुरेन्द्रको हातबाट उछिट्ट्याएर जंगबहादुर राणा निरंकुश शासक बनेपछि झनै क्रुरतम ढंगले हिन्दु धर्म र संस्कृतिलाई लाद्ने काम गरे । उनले पूर्व नेपालको किरातप्रदेशको अहिन्दु किरातीलाई पनि हिन्दुकृत गरी शासन गर्न सजिलो तुल्याउन भैरवनाथ पल्टनमार्फत दुई डोरको जनै किरातप्रदेशमा वितरण गराउने निष्फल प्रयास गरेका थिए । यो गैरहिन्दु किरातीय भूखण्ड राजा राजेन्द्रको शासनकालमा (विसं १९०३) सम्म हिन्दु चाड दसैंप्रति अनभिज्ञ थियो । किनकि किरात मुन्धुममा दसैं, विजया, टीका, नौदुर्गा जस्ता हिन्दु संस्कार जगाउने शब्द नै छैनन् । तसर्थ, उनले स्थानीय प्रशासनिक एजेन्डाहरू राई अमाली र लिम्बू सुब्बालाई जनता शोषण गर्ने लालमोहर दिएर दसैंलाई बलपूर्वक राष्ट्रिय पर्व तुल्याएको वस्तुगत तथ्यबारे माथि चर्चा भइसकेको छ ।

श्री ३ जंगबहादुरको शासनकालमा राज्यशक्तिबाट भयभित भई कतिपय किराती हिन्दु चाड दसैंलाई अनिच्छापूर्वक स्विकारिरहेका थिए भने कयौंले चाहिँ डटेर हामी हिन्दु चाड दसैं मान्दैनौं भनी विरोध जनाइरहेका थिए । अतः अधिनायक जंगबहादुरले त्यसरी अस्वीकार गर्ने नेता किरात जनसमुदायका नेताद्वय (६ थर थुम धनकुटाका आठपहरे राई) रामलिहाङ र रिदामालाई सरकारी सेनाद्वारा मारे । अनि विजय उल्लाससाथ विजया–टीकासहित उनीहरूकै स्वजातीय बन्धुहरूलाई राँगो, बोको आदि काटेर दसैं मान्न लगाइयो । यसरी जंगबहादुरले हिन्दु सांस्कृतिक दासत्वको जुवा पूर्वी किरातहरूको घिच्रोमा भिराइदिएका थिए । जुन किराती घिच्रो र शिर आजसम्म स्वतन्त्र र ठाडो हुन सकेका छैन।

एक सय चार वर्षीय स्वेच्छाचारी राणा शासन धराशयी नहोउन्जेलसम्म पूर्वी किरातप्रदेशका जनता सरकारी दसैं आतंकबाट भयग्रस्त रहने गर्थे । त्यहाँका बूढापाका आज पनि राणाकालीन स्मरण सुनाउने गर्छन् कि प्रत्येक बडादसैंपछि सरकारी तिलंगा (कालो लबेदा सुरुवालमा सेतो पटुका र सेतै फेटावाला सिपाही) गाउँ –गाउँ घुमेर गाउँलेले दसैं माने, नमानेको चियोचर्चाे गर्ने गर्थे । त्यसैले गाउँका खासगरी मुखिया, थरी, जिम्मावाल, अमाली, सुब्बा आदिका घरमा दुर्गापूजासहित मार हानेको प्रमाणित गर्न पशु बलिको आलो रगतमा हातका दुई पन्जा भिजाई आफ्नो घरको मूल प्रवेशद्वारको दायाँ–बायाँ टाढैबाट स्पष्ट देखिनेगरी पन्जा छाप लगाउने गर्थे । तिलंगा ती दसैंया प्रमाणस्वरूप रक्तरञ्जित पन्जा छापलाई हेरेर सन्तुष्ट भई फर्कने गर्थे । तिलंगा अब गाउँमा आउने गर्दैनन्, अमाली व्यवस्था पनि अब रहेन, तैपनि बडादसैंमा मार हान्ने, घरको दायाँ–बायाँ रक्तरञ्जित पन्जा छाप ठोक्ने परम्परा आजसम्मै कायम छ । यस छापले दसैंया सरकारी आतंकको पूर्वकथा आफै भनिरहेको छ ।

‘आज जातीय विद्वेष, आपसी घृणा र पारस्परिक असहिष्णुताझैं संकीर्ण कुसंस्कारलाई त्यागी अरूका विशेषतालाई समेत आदर गरेर मात्रै मानव जाति विनाशको विकराल पन्जाबाट मुक्त हुन सक्छ । यसका विपरीत यदि आफूबाहेक अरूलाई उपेक्षा अथवा अनादर गर्ने हो भने मानव जातिले सामूहिक विनाशलाई निम्तो गरेको ठहरिनेछ । गत एक/दुई वर्षमा बडादसैंको उपलक्ष्यमा पूर्वी नेपालका केही सहरमा दुर्गा किरातीहरूकी देवी होइनन्, त्यसैले किरातीले दुर्गापूजाको विरोध गर्नु उचित हो भनी देवी दुर्गाविरुद्ध कालोझन्डासमेत देखाउने जुन अभियान चलाइयो, त्यो असत्यमा आधारित नकारात्मक कदम हो भन्न सकिन्छ’ भन्ने उपदेश दिँदै विद्वान् बालकृष्ण पोखरलले हाम्रोसामु बडेमाको प्रश्न ठड्याएका छन् । के दुर्गापूजा किरातीहरूको चाड होइन त ? यसप्रकारको सकारात्मक समाधानका निम्ति तर्क पेस गर्दै अगाडि लेखेका छन्, ‘किरात जातिको धार्मिक ग्रन्थ मुन्धुमअनुसार सम्पूर्ण किराती सुम्निमा (सुम्निमा) र पारुहाङका सन्तान हुन् । सुम्निमा पार्वतीका निम्ति किरातहरूको पर्याय हो र पारुहाङ महादेवको किराती पर्याय हो । सुम्निमा क्षुद्र सियाली जगदम्बा सिबेलेको हिमाली प्रकरण ठहरिन्छ । सुम्निमाको सरल रूप हो, सिबेलेमा अर्थात्.माता सिबेले । भाषाविज्ञानका अनुसार लक्ष्मीको नामको आधार पनि सिबेले नै ठहरिन्छ । वैज्ञानिक सत्य के हो भने सिबेले र दुर्गा एकै देवीका नाम हुन् । अतः तिनलाई कालोझन्डा देखाएर किरातीहरूले आफ्नी जननीलाई अपमान गरेको ठहरिन्छ । दुर्गा (पार्वती) किरातीहरूकी सुम्निमा र दुर्गा एकै देवीका नाम हुन् भन्ने अर्को प्रमाण संस्कृत भाषामा पार्वतीलाई किराती पनि भनिन्छ । अतः जुन देवीको नाममै किराती छ, ती किरातीहरूकी देवी होइनन् भनी दुर्गापूजाको अवसरमा तिनलाई कालोझन्डा देखाउने कहीं किरात दाजुभाइको ध्यान यस महत्वपूर्ण सत्यतिर आकर्षित होस् भन्ने आग्रहसाथ आफ्नो लेखालाई टुग्ंयाएका छन् । छोटकरीमा सुम्निमा र दुर्गा एउटै देवीको दुई रूप हुन्, तसर्थ दुर्गापूजासहितको दसैंलाई किरात जनसमुदायद्वारा बहिष्कृत गरिनु हुन्न भन्ने निष्कर्ष हो ।

प्रकाण्ड विद्वान् बालकृष्णका उपरोक्त प्राज्ञिक तर्क र धारणा पढ्दा किराती समाजलाई मूर्ख तुल्याइएको एउटा रोचक लोककथाको स्मरण यहाँ सन्दर्भिक हुन आउँछ । यस कथाअनुसार एउटा ब्राह्मणले छिमेकी किरात परिवारसँग मिलेर साझेदारीमा एउटा दुहुनो भैंसी किनेर ल्याए । त्यसपछि साझेदारी किरातीलाई जीवितै भैंसीको आधा भाग पारी आधा–आधा स्याहार गर्ने प्रस्ताव राखे । उनले आफ्नो विद्वता र तर्कशास्त्रको सहयोगबाट भैंसीको बीच ढाड वा नाभीस्थलदेखि पुच्छरपट्टिको भाग गोबरमा लतपतिएको देखाउँदै त्यो फोहरी खण्ड सधैं धोइपखाली सुग्धर राख्नुपर्ने बताए । तर, टाउकोपट्टिको भाग भने सदैव सफासुग्धर हुने भई दैनिक भकारो पनि सोहोर्न आवश्यक नपर्ने हुँदा त्यही टाउकोपट्टिको खण्ड रोजेमा कल्याण हुने कुरो घुमाइफिराइ विश्वस्त पारे । छिमेकी हितैषी बाहुनबाट फूलबुट्टासरीका शब्दद्वारा आकाश–पाताल एक गराउँदै पुच्छरपट्टिको भागलाई घृणित प्रमाणित गरेको सुनी किरात परिवारले सुग्घरी भाग टाउकोपट्टि रोजेमा फोहोरी काम गर्न नपर्ने ठानी त्यही रोजेछन् ।

यस रोजाइको प्रतिक्रियास्वरूप बाहुनले आफ्नै छिमेकी त्यसमाथि आफ्नै परिवारको सम्झेर मात्रै भाग रोज्ने पहिलो प्राथमिकता उनलाई दिएको गुण नबिर्सने आग्रहसाथ पुच्छरपट्टिको फोहरी भाग आफूले शोकमा परेकोमा दुःखित बनिटोपले । तर, उनले बिहान–बेलुका भैंसीको फोहोरी भागपट्टिबाट झ्वार्इं–झ्वार्इं दूध दुहुने र भकारो सोहोरी आफ्ना खेतबारी मल्ने काम गर्न भने चुकेनन् । अर्कोतर्फ सुग्घर टाउकोपट्टि रोज्ने किरात परिवार चाहिँ भैंसीको मुखमा सधैं चोर, पानी, घाँस जुटाउने काममा मात्र तल्लीन रहन परे पनि भैंसीले जन्माएको नयाँ पाडापाडीमा आफ्नो हक नलागेको र दूधको रंगसम्म थाहा पाउन नपाएकोमा अघि आफ्नो अधिया भाग रोजाइमा ठगिन परेको उनीहरूलाई ज्ञान भयो । तर, अब त्यस ठगाइपूर्ण अन्यायविरुद्ध आवाज निकाल्दा छरछिमेकमा आफ्नै मुर्ख्याइँको विज्ञापन हुने डरले चुपचाप बसे । उसले जीवनभरि त्यो भैंसीलाई खुवाउने र विनाज्यालाको गोठाला बनी आफूलाई आफ्नो तरिकाले बुद्धिमान नै सबित गरेका थिए । त्यस मुर्ख किराती परिवारले ।

माथिल्लो प्रसंगमा किरातका आराध्य जननी सुम्निमा र देवी दुर्गा एउटै भएकीले उनको स्तूति र महिमायुक्त दसैं चाडलाई किरातीहरूले पनि अभिन्न संस्कार तुल्याइरहनु बुद्धिमानी हुन् भन्ने प्रवल तर्क राखिएको हुँदा यो साझेदारी भैंसी पालनको कथा यहाँ सान्दर्भिक हुन आएको हो । किनकि संसारभरिका देवदेवीको पूजाअर्चनामा रमाउने हाम्रो समाजमध्ये कोही हरियाली पहाड पर्वतकी हिउँझैं स्निग्ध (सफा) सुम्निमाका छुट्टै रूपमा र कोही एक दसैंका मात्र लाखौंलाख पशुपक्षीको बलि भोगिनी देवी दुर्गाका छुट्टै रूपमा उपासना गर्न रमाउँछन् भने त्यो उनीहरूको नैसर्गिक अधिकारको कुरा हो । सबैले आ–आफ्नै आस्था र धारणाअनुसार रमाउन पाउनुपर्छ । तर, यस प्राकृतिक न्यायविपरीत कसैले बौद्धिक कसरत गर्दै शब्दजाल ओच्छ्याएर उनी पनि उनी नै हुन् भनी घुमाइफिराइ आफ्नो निजी धार्मिक विचार अरूमाथि लाद्ने धृष्टता गर्छ भने त्यो धार्मिक दुराग्रह हो । यसैगरी अन्य जातिकी पुजनीय दुर्गा देवीविरुद्ध केही किरातबाट भएको कालोझन्डाद्वारा अपमानित कार्य उत्तिकै निन्दनीय दुष्कार्य हो । यसलाई सबैतिरबाट दुरुत्साहित गरिनुपर्छ । किनकि धार्मिक सहिष्णुता एवम् धार्मिक निरपेक्षता सर्वत्र र सबैका निम्ति एकमात्र निर्विकल्प दोषरहित एवम् व्यावहारिक जीवनोपयोगी दर्शन हो ।

यस खण्डको निचोडमा माथिको छलफलबाट वास्तवमा दसैं चाड पूर्वी नेपालका अहिन्दु किरात जनसमुदायमाथि राज्य शक्ति लागिपरेर लादिएको हिन्दु संस्कृति रहेछ भन्ने स्पष्ट हुन्छ । तसर्थ, यो दसैंया संस्कार मान्नेबित्तिकै उनीहरू हिन्दु वर्ण व्यवस्थाको सबैभन्दा हेय र तुच्छ ‘शुद्र वर्ण’मा स्वतः गणना हुने हुन्छन् किन कि नेपालका प्रमुख जनजाति पश्चिमी नेपालका गुरुङ, मगर तथा पूर्वका राई, लिम्बूबाट नेपाली राजाहरूको शुभराज्याभिषेक नामक वैदिक यज्ञहरूमा काइदासाथ ‘शुद्र हैसियत’को दास कर्म गर्न कर नै लगाइएको शाही अभिलेख खडा छ । त्यसैले मानव समानताको नैसर्गिक अधिकारअनुरूप अबका जनजातिले आफ्नो छुट्टै अस्तित्व र आत्मसम्मानखातिर धार्मिक, सांस्कृतिक दासत्व र जातीय लघुताभासको प्रमाणपत्रस्वरूप दसैंया विजय टीकालाई निधारभरि टाँसेर प्रदर्शनी गराउन चाहँदैनन् भने त्यो उनीहरूको आस्था विषयगत कुरा हो । उनीहरू दसैंया टीका नलगाउन स्वतन्त्र छन् । उनीहरूका यस आचरणमा अरूले विषाद र आश्चर्य मान्नुपर्ने औचित्य देखिँदैन । उनीहरू हिन्दु बनेर शुद्र वर्गमै रही अझै ब्राह्मण पुजन गरिरहनु त्यस्तो दुराशय स्वघोषित हिन्दु उच्च जातिका मानिसबाट पनि राखिनु हुँदैन ।

यले डुङ / दुङ / नाम्माङ / नाम्साम / थो /थोचे / तङ्बे ( Kirat-Era ) : 5079 

Last Updated on Friday, 11 October 2019 18:16

Hits: 133

बुंकोटको महान विद्रोह र सहिद लखन थापा मगर बारे एक चर्चा !

– उमेश राना “गोर्खाली”

        व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर देश र जनताको लागि प्राण उत्सर्ग गर्नेहरू विरलै भेटिन्छन् । त्यसैले त्याग र वलिदानको मार्गमा लम्कनेहरू सबैका प्रिय र पूज्य बन्ने गर्छन् । उनीहरूको योगदान र वलिदान सवैको प्रेरणाको श्रोत बन्दछ । सिंगो राष्ट्रले त्यो महानतालाई आदर सम्मान गर्न बाध्य हुन्छ । उनीहरू समाजका सम्पत्ति, राष्ट्रका गौरव बन्न पुग्दछन् र युगयुगसम्म धर्तिमा बाँची रहन्छन् पनि । यस्तै सौभाग्य पाउनेहरू मध्ये एक हुन् – प्रथम सहिद लखन थापा मगर !       
       Image may contain: 1 person, smiling
सन् १८१६ को सुगौली सन्धि पश्चात गोर्खालीहरूको विजय अभियान रोकियो, धेरैजसो इष्ट इण्डिया कम्पनीमा सेवा गर्न अल्मोडामै बसे भने केही पुरानो गोरख पल्टनसित नेपाल फर्के । यसरी स्वदेश फर्कनेहरूकै खलकमा लखन थापा जन्मिए पनि उनको शिक्षादिक्षा भारतमै भयो । सानै उमेरदेखि उनी अत्यन्त मेहनती, साहसी र तीक्ष्ण बुद्धिका थिए । पितापुर्खाका इतिहास बुझेका लखन हरेक कुरामा रूची राख्दथे र गम्भिर भएर सोंच्दथे । 

        तत्कालीन भारत अंग्रेजहरूको अधिनमा थियो र उनीहरूको शोषण, दमन विरूद्ध कोही बोल्न सक्दैनथे । भारतीयहरूको  दयनीय अवस्थाप्रति लखन चिन्तीत थिए । आफ्ना पुर्खाहरूले पनि कुनै बेला अंग्रेजविरुद्ध लड्नु परेको इतिहास उनी राम्ररी जान्दथे । आफन्तहरूले भारतमै जागिर खान आग्रह गरे तापनि अंग्रेजी पल्टनको नोकरी र दासता उनलाई स्वीकार्य भएन । उनी स्वदेशमै रमाउन चाहान्थे, त्यसैले नेपाली सैनिक भई देशको सेवा गर्ने दृढताका साथ ‘पुरानो गोरखगण’ मा भर्ति भए ।
       असल बोली, बचन र व्यवहारका कारण लखन थापा पल्टनमा अत्यन्त लोकप्रिय थिए । शारिरीक रूपमा होचो कद भए तापनि यिनी आँटिला, रणकौशलमा निपुण र जस्तोसुकै परिस्थितिलाई पनि सामना गर्ने क्षमता राख्दथे । सन् १८५७ मा अंग्रेज सेनाका विरूद्ध भारतीय सैनिकहरूले विद्रोह गरेको अवस्थामा जङ्गबहादुर २५ पल्टन लिएर अंग्रेजलाई सघाउन लखनऊ पुगेका थिए । गोर्खाली फौजसंगै लखनऊ पुगेका लखन थापा नुनको सोझो गर्न खटिए । गोर्खालीहरूले निर्ममतापूर्वक विद्रोहको दमन गर्दा लखनऊमा हाहाकार मच्चिएको र त्यहाँका असंख्य देशभक्तहरू मारिएका थिए । भारतीयहरूप्रति गरिएको अनेकौं दुव्र्यवहार र अत्याचार लखनले आफ्नै आँखाले देखे । अंगे्रजको दासताबाट मुक्त हुन वलिदान हुने सयौं भारतीयहरूको संघर्ष र गोर्खालीहरूलाई बडो निर्ममतापूर्वक प्रस्तुत गरिएको तथ्यलाई उनले राम्ररी बुझे । बिद्रोह शान्त गराएर जङ्गबहादुरले आफूलाई अंग्रेजको हिमायती सावित गरे र अंग्रेजसंगको मित्रता थप मजबुत बनाए । यो मैत्रीले देशभक्त नेपालीहरूको मनमा तीब्र असन्तोष बढ्यो र पहिलेको अंग्रेज विरोधी सैन्य भावनामा आघात पु¥यायो ।
        विदेशी सम्राज्यवादी शक्तिलाई टिकाउन आफ्नै देशको क्रुर शासकलाई सघाउनु परेको कारण देशभक्त गोर्खालीहरू भित्रभित्रै मर्माहत थिए । तत्कालीन समयमा अंग्रेजबाट भएको विद्रोही मंगल पाण्डेको हत्या र उनको शहादत पश्चात मेरठमा भएको गोलीकाण्डले उग्र रूप लिँदा त्यसको ज्वाला लखनऊसम्म फैलिएको थियो, जसको दमन अंग्रेजी सेनाले एक्लै गर्न नसकी गोर्खालीहरूलाई त्यहाँ उतार्नु परेको थियो । राष्ट्र, राष्ट्रियता र स्वाधीनताका खातिर लडिरहेका भारतीय योद्धाहरूको सम्पर्कमा आएका लखनले उनीहरूप्रति भएको अन्याय बुझेका थिए । पछि झाँसीका लक्ष्मीबाईले अंग्रेजी हुकुमत विरूद्ध गरेको संघर्ष र वलिदानको घटना पनि अद्वितीय थियो । यसरी आजादीका लागि होमिएका भारतीयहरूको बेदनाबाट उच्च चेतनाका धनी लखन एकदमै अशान्त थिए । सो घटनाबाट उनले देशको माटो र स्वाधीनता नै सर्वोपरी हुने रहेछ भन्ने पाठ सिके ।
       लखन थापालाई जंगबहादुरको निरंकुशता र हुकुमी शासन विरूद्ध लड्ने योद्धाको रूपमा मात्र सीमित नगरी अंग्रेजी हुकुमत विरूद्ध स्वाधीनताको लागि वलि चढ्ने मंगल पाण्डे (भारतीय सैनिक) र लक्ष्मीबाई (झाँसीकी रानी) जस्ता भारतीय देशभक्तहरूसंग पनि दाँजेर हेर्नु पर्दछ । त्यसबेलाको समय अंग्रेज विरोधी युग थियो र लखन थापाले तत्कालीन भारतीय विद्रोहीहरूको त्याग, तपस्या र वलिदानबाट प्रेरणा लिए र त्यही अनुरूप आफूलाई पनि ढाल्दै लगेका थिए । त्यसैले उनी आफ्नो देशलाई भारतमाझैं विदेशी(अंग्रेज) र विदेशीको दलाली गर्ने शासक(राणा)हरूको साम्राज्य बन्न दिनु हुँदैन भन्ने कुरामा कठोर बन्दै गए । तत्कालीन समयमा जंगबहादुरले नेपाल म्लेच्छलाई बेच्यो भन्ने उनको भनाईले यही कुराको पुष्टि गर्छ ।
       अंग्रेजको साथ पाएर जंगबहादुर झन शक्तिशाली बन्ने होडमा थिए । देशमा निरंकुशता र अत्याचार अझ चुलिदै जाने निश्चित थियो । किनकि कोतपर्व र भण्डारखालपर्व जस्ता नरसंहारकारी घटनाबाट जङ्गबहादुर त्यसअघि नै सर्वशक्तिमान भइसकेका थिए । उनको अधिनायकवाद विरूद्ध कसैको बोल्ने हिम्मत थिएन । सैनिक, प्रशासनिक लगायत राज्यका महत्वपूर्ण जिम्मेवारीहरू राणा परिवारमा सीमित पार्दै लगेका थिए । योग्य र सक्षम जनशक्तिहरूमा व्यापक असन्तोष फैलिरहेको थियो । राणा परिवार र ब्राह्मण समाजको हितमा उनले बि.सं.१९१० मा मुलुकी ऐन ल्याए । नङ–मासु जस्तो मिलेर बसेको नेपाली समाज तागाधारी, मतवाली, पानी चल्ने र नचल्ने वर्गमा बाँडियो । समाजमा चर्को रूपमा उचनिच र छुवाछूत देखा पर्दै गए ।
       देशको शासनसत्ता गलत व्यक्तिको हातमा पर्दा समाजमा बेथितिहरू मौलाउनु स्वभाविक थियो । त्यसैले लखनले जनतालाई जागरुक र संगठित बनाएर समाजका अन्तरविरोधहरू हटाउन नितान्त जरुरी ठाने । समाजलाई चेतनशील बनाउन जोसमनी सन्तपरम्परालाई अघि बढाए, यो परम्परामा राजाप्रजा एकसमान मानिन्थ्यो साथै जातीय भेदभाव, छुवाछूत र मूर्तिपूजामा विश्वास गरिदैनथ्यो । यो अभियानले आमजनताको मन जित्न सफल भएकोले ठूलो संख्यामा मानिसहरू एकत्रित भए र उनको आव्हानमा जङ्गबहादुरको सर्वसत्तावाद विरूद्ध संगठित पनि भए । त्यसबेला जातीय एकता र सद्भावलाई बचाउन सर्वसाधारणलाई एकताबद्ध गराउन अति आवश्यक थियो ।
       जङ्गबहादुरको अन्याय, अत्याचार विरूद्ध लड्न जनस्तरबाटै संगठितरूपले आँधीबेहरी सृजना गर्ने मार्गमा लखन थापा लागे । पूर्वसैनिक भएकाले यिनमा त्याग र वलिदानको भावना त छँदैथियो । स्थानीय व्यक्तिहरूको सहयोगमा उनले बुंकोटमा भव्य किल्ला बनाए र करिव दुई हजारको संख्यामा स्थानीय युवाहरूलाई एकत्रित गराई सैन्य तालिम दिए । यसरी केही हातहतियार सहित विद्रोही फौज तयार त भयो तर जङ्गबहादुरको सत्तालाई चुनौती दिन पर्याप्त थिएन । लखनको यो तयारी बारे जंगबहादुरले चाल पाए र सो फौजलाई दमन गर्न काठमाडौंबाट देवीदत्त गण आइपुग्यो, दुवै सेनाहरू बीच भिडन्त भयो । किल्ला भित्रका हातहतियार एवं गोलीगठ्ठाहरू सिद्धिएपछि सबै पक्राउ परे । बाह्र जना विद्रोहीहरूलाई बाँसको पिजडामा बन्धक बनाई काठमाडौंको थापाथली दरवार पु¥याइयो, उनीहरूलाई चरम यातना दिइयो । जंगबहादुर आफैंले सो मुद्दा हेरे, पाँच जना निर्दाेष ठहरिए, बाँकी सातलाई राजकाजसम्बन्धी अभियोग लगाइयो र मृत्युदण्ड दिने आदेशसहित बुंकोट फिर्ता पठाइयो ।
        भनिन्छ, सेनाको घेराबन्दी तोडेर विद्रोहीहरू भाग्न सक्थे तर भागेनन्, आत्मसमर्पण गर्दा माफी पाउन सक्थे तर त्यसो पनि गरेनन् । उनीहरूले हाँसीहाँसी मृत्युलाई स्वीकारे र भावी पिढीलाई जनअधिकारको लागि लड्न प्रेरित गरे । बुङ्कोट किल्ला परिसरको मनकामना मन्दिर सामु सातैजना योद्धाहरूलाई झुण्ड््याएर एकसाथ मृत्युदण्ड दिइयो । बुंकोट विद्रोहको इतिहासमा उनीहरू अमर सहिद बन्न पुगे । हाल स्थानीयहरूको सम्झनामा त्यसबेला सहादत हुनेहरू मध्ये लखन थापा मगर, जयसिंह(जहरे) चुमी र अच्छामी मगरको नाम मात्र अडेको छ । बाँकीको हकमा रेग्मी रिसर्च सेन्टरबाट प्रकाशित सेरिजभित्रको ऐतिहासिक सामाग्रीहरू केलाउँदा तीनका अतिरिक्त विराज थापा, जुठ्या थापा, जितमान गुरुङ र अजपसिंह मगर जस्ता सहयोद्धाहरूको नाम उल्लेख भएको पाइएको छ ।
       बि.सं.१९३३ सालको यो विद्रोहले जङ्गबहादुरको शोषण, दमन र निरङकुशताका विरूद्ध जनतालाई पहिलो पटक एकजुट बनायो, आन्दोलित गरायो । लखन थापा सत्ययुगको जस्तो सुनौलो विहानी ल्याउन चाहान्थे, त्यो भनेको भेदभावरहित शासन व्यवस्था हो जसलाई अहिले लोकतन्त्र भन्न सकिन्छ । त्यो विद्रोहमा स्पष्ट राजनैतिक दृष्टिकोण, कुशल नेतृत्व, सशस्त्र तयारी, भारी जनसर्मथन र स्थानीय सहभागिता जस्ता सवल पक्षहरू छन् । यही घटनाले आम समुदायमा शासक सामु लड्ने विद्रोही भावना र चेतनालाई जन्मायो । त्यसैले यो विद्रोह एउटा यस्तो मुहान हो जहाँबाट अनेकौं चेतनाहरू प्रवाह भएको र त्यसैको आलोकमा विभिन्न राजनैतिक परिवर्तनहरू सफल हुँदै गए । नेपालमा लोकतान्त्रिक आन्दोलनको इतिहास निर्विवादरूपले बुंकोट विद्रोहबाट नै प्रारम्भ भएको देखिन्छ । तर विडम्वा, प्राय विजेताहरूले इतिहास लिपीबद्ध गरेको हुनाले जतिसुकै कमिकमजोरी रहे पनि उनीहरू महामानवको रूपमा र पराजित शक्तिहरू सही नै भए तापनि दानवको रूपमा चित्रित हुने गर्छन् । यस अर्थमा बुंकोट विद्रोह पनि अछुतो छैन ।
       त्यसैले २०७२ असोज ३ गते वर्तमान संविधान जारी गरिएकै दिन तत्कालीन नेपाल सरकारले मन्त्रिपरिषदबाट आधिकारिक निर्णय गरी लखन थापा मगरलाई “प्रथम सहिद” को स्थान दिएको र लगत्तै उनको चित्रसहितको हुलाक टिकट प्रकाशन गर्ने निर्णय ग¥यो । पछि २०७३ मार्गमा रु.१०।– को सो हुलाक टिकट प्रचलनमा ल्याइयो पनि । प्रथम सहिदको नाममा राज्यले यति गरेर नपुग्ने हुँदा लखन प्रतिष्ठानको तर्फबाट सहिदको क्रान्तिकारी जीवनी विद्यालयस्तरको पाठ्यक्रममा समावेश गर्न, सरकारी अड्डाहरूमा अनिवार्यरूपले सहिदको तस्वीर राख्न, सहिदगेटमा भव्य सालिक निर्माण गर्न, सहिदलाई राष्ट्रिय विभूतिको कोटीमा राख्न र उनी संगसंगै मारिएका अन्य सवैलाई सहिदको सम्मान दिन जोडदार आवाज उठाएको छ । यसो भएमा वा गरिएमा मात्र बुंकोट विद्रोहको सच्चा सम्मान हुनेछ ।
      हामी सवैको चाहना र भावनालाई अहिलेको संविधानले पूर्णरूपले समेटेको दावी गर्दै वर्तमान सरकारले माघ १६ को साटो संविधान दिवसकै दिन सहिदहरूको वलिदानलाई स्मरण गर्दै घरघरमा झण्डा र ३ दिनसम्म दिपावली गर्न आव्हान गर्दा यो भन्न सकिन्छ कि महान सहिदहरूको आदर्शमा राज्य चले संविधान दिवसको सार्थकता र सर्वस्वीकार्यता स्वतः बढ्नेछ ।
(लेखक: प्रथम सहिद लखन थापा मगर स्मृति प्रतिष्ठानका उपाध्यक्ष हुनुहुन्छ )
                                       
 

Last Updated on Friday, 20 September 2019 09:34

Hits: 2104

यस कारणले मनाउछन मगरले फाल्गुण १५ गते मगर दिवस !

त्रिलोक सिंह थापा मगर

Image may contain: 1 person
पृष्ठ भूमि

फाल्गुण १५ गते “मगर दिवस” लाई विश्वभरिका सम्पूर्ण मगर समुदायले अत्यन्त उत्साह, उमगं, जोश, उल्लास हर्ष र धूमधामपूर्वक आफ्नो अभिन्न चाड र पर्वको रुपमा मनाउने गर्दछन् । वि.स. २०३९ साल फाल्गुण १५ गतेमा संस्थापक अध्यक्ष हेम बहादुर पुनको अध्यक्षतामा नेपाल लाङघाली परिवार संघको प्रथम राष्ट्रिय महाधिवेशन  सम्पन्न भयो । त्यस पछि वि.सं. २०४० साल बैशाख ३१ गते नेपाल लाङघाली परिवार संघको केन्द्रिय समितिको प्रथम वैठकमा प्रत्येक वर्ष फाल्गुण १५ गते लाई “लाङघाली दिवस” को रुपमा मनाउने प्रस्ताव सर्व सम्मतिवाट पारित भयो । त्यस बेला देखि मगर समुदायले “फाल्गुण १५ गते” लाई मगर दिवसको रुपमा मनाउँदै आएको पाइन्छ ।

मगर दिवसको ऐतिहासिक महत्व

वि.सं. २०३९ फाल्गुण १५ गते “नेपाल मगर संघ” को स्थापना दिवस हो ।
क)  सो दिन नेपाल मगर संघ विधिवत स्थापना भएको हो । सोही दिनलाई विश्व भरिका मगरहरुले एकता, संगठन, भाईचारा, मेल मिलाप, एकजूट, आ–आपसमा एकबद्धता तथा  एक आवाजको  रुपमा लिने गरेका छन् ।
ख)  विश्व भरिका मगरहरु आ–आपसमा हातेमालो र एक जूट भएर मगर जनजातिको उत्थान, प्रगति र विकासका लागि एकबद्ध हुने सन्देश संचारित गर्ने दिवसको रुपमा “मगर दिवस” मनाउने गरेका छन् ।
ग)  सो दिवसलाई विश्व भरिका मगरहरुको आफ्नो मौलिक सँस्कृति, सामाजिक, धार्मिक ऐतहासिक, एंव राजनैतिक चाड तथा पर्वको रुपमा रुपान्तरित गरेको पाइन्छ ।
घ)  मगरहरुको हक, हित, अधिकार तथा उत्तरदायित्वका लागि संघर्ष गर्ने, सजग र सचेत गर्ने शक्तिशाली संगठन “नेपाल मगर संघ” को स्थापना दिनलाई मगर दिवसको रुपमा मनाउने गरिएको छ ।

नेपाल मगर संघ

“ नेपाल मगर संघ” नेपालका आदिवासी जनजातीका संघ संस्थाहरु मध्ये सबैभन्दा पुरानो तथा सबै भन्दा ठूलो सामाजिक संस्था हो भनेर भन्न सकिन्छ । यसै कारण यस संस्थाको क्रमिक विकास पनि संघर्षमय रहेको छ । वि.सं. २०१७ सालको राजनैतिक परिवर्तन पछि आएको तत्कालीन विघठित पंचायत कालमा यस संस्था माथि राज्यद्वारा ठूलो आघात प्रहार तथा थिचो मिचो भएको थियो । यस संस्थाका क्यौं कार्यकर्ताहरु माथि प्रहरी प्रशासनले समय समयमा अत्याचार गरेका थिए । तै पनि मगर समाजका कतिपय अग्रज समाजसेवीहरुले यस संस्थाको विकास विस्तारमा कठोर लगनशीलता एंव दृढ़ता देखाएका थिए । जस्को फलस्वरुप “नेपाल मगर संघ” आज संशक्त सामाजिक संस्थाको रुपमा उभिएको छ । स्वदेश एंव विदेशमा यस संस्थाको शाखा एंव भाइचारा संगठनहरुको विशाल सञ्जालको रुपमा स्थापित भएको पाइन्छ । अधिराज्यको ७५ जिल्लाहरुमा नेपाल मगर संघ जिल्ला समितिहरु तथा भाईचारा संगठनहरु सक्रिय रहेको अनुमान गरिएको छ । विदेशका २९ मुलुकहरुमा पनि मगर जाति संग सम्बन्धीत विभिन्न संघ संस्थाहरु मगर जातिको विकास तथा मगर संस्कृतिको संरक्षण सम्वर्धनमा सक्रिय रहेका छन् ।
 

नेपाल मगर संघ”को क्रमिक विकास

“नेपाल मगर संघ”को क्रमिक विकास एंव विस्तारलाई मोटामोटी रुपमा विभिन्न चरणमा विभाजित गर्न सकिन्छ । यो वर्गिकरण वैज्ञानिक नभएता पनि नेपाल मगर संघ कसरी हाल सम्म विकसित भै आएको हो सो वारे छोटकरीमा परिचय दिन सकिन्छ ।
मगरहरुको घोषित संगठन वि.सं. २०१२ साल (मगर समाज सुधार संघ काठमाण्डौं २०१२) देखि आरम्भ भएको हो । वि.सं. २०१२ साल देखि २०१७ साल सम्म अवधिलाई “नेपाल मगर संघको क्रमिक विकासलाई प्रथम चरण भनेर वर्गिकरण गर्न सकिन्छ । यस प्रथम चरणमा मगर समुदायमा सामाजिक जागरण, समाज सुधार, समाज कल्याणका कार्यक्रम माथि “नेपाल मगर संघ केन्द्रित रहेको थियो । दोश्रो चरण (२०१७–२०३७ सम्म) जागरण अभियान । तेश्रो चरण (२०३८–२०४७) संस्थात्मक विकास । चौथो चरण (२०४८–२०६३) शसक्तिकरण । पाँचौ चरण (२०६४– हाल सम्म) हक अधिकारको सघंर्ष ।

महत्वपूर्ण वर्षहरुः


वि.सं. २०१२ साल (मगर समाज सुधार संघ काठमाण्डौं २०१२) देखि मगर संघको शरुवात भए पनि वि.सं २०१४ सालमा गुल्मी भार्सेमा मगरहरुको “वृहत मगर सम्मेलन आयोजित भएको थियो । जसलाई नेपाल मगर संघको “प्रथम सम्मेलन” भनेर आधीकारिक रुपमा मानि आएको छ । वि.सं. २०२२ सालमा “लाङघाली परिवारको काठमाण्डौंमा स्थापना भयो । वि.सं. २०३८ सालमा रुपन्देहीमा “कानुङ्ग लाङघाली परिवारको आयोजनामा मगर समाजको वृहत सम्मेलन सम्पन्न भयो । यो सम्मेलन“नेपाल मगर संघ को दोश्रो राष्ट्रिय सम्मेलनको रुपमा सम्पन्न भयो । यसरी नेपाल मगर संघको वि.सं. २०१२, २०१४, २०२२, २०२८ र २०३९ साल ऐतिहासिक एंव महत्वपुर्ण वर्षको रुपमा रहिआएको छ ।

प्रथम चरण (वि.स. २०१२–२०१७ सम्म) सामाजिक जागरण समाज सुधार एंव समाज कल्याणः–
मगर समाज सुधार संघ काठमाण्डौं (वि.स.२०१२)
वि.स. २००७ सालमा प्रजातन्त्रको प्रार्दुभाव भएपछि मुलुकको अन्य आदिवासी जनजाती सरह मगर बुद्धिजिवीहरु बीच पनि जागरुकता एंव चेतनाको शुरुवात भएको पाइन्छ । त्यस वेला काठमाण्डौं उपत्यकामा बसोवास गरेका जागरुक मगर समुदाय विशेष गरि जागिरे, विद्यार्थी तथा साना तिना व्यापार गरि आय आर्जन गरि वसेका मगरहरु आपसमा (आफ्नामा भेटघाटको सिलसिलामा मगर जातिको विकाश, उत्थान र चेतना जगाउने बारेमा चिन्तन मनन गर्न थाले । यसैको फलस्वरुप मगर समाजमा शैक्षिक एंव सामाजिक सुधार बारे चेतना एंव जागरुकता जगाउन २०१२ वैशाख २६ गते “मगर समाज सुधार संघ” काठमाण्डौं स्थापना भएको थियो । (नर बहादुर थापा, नरु थापा ( किरात मगर इतिहास पाना ७८)
वास्तवमा नेपाल मगर संघको पहिलो जग नै २०१२ वैशाख २६ गते स्थापित “मगर समाज सुधार संघ काठमाण्डौंलाई लिन सकिन्छ । उक्त संस्थाको संस्थापक सदस्यहरुमा गुल्मीका स्व. भिम बहादुर बुढाथोकी उप सभापति, काठमाण्डौं निवासी ढलक प्रताप राना प्रमुख सचिव तथा सदस्यहरु पदम सिंह थापा, देवान सिंह थापा थिए । अध्यक्ष पदमा भाग्सू धर्मशाला निवासी हुनुहुन्थ्यो ।
यस स्ंस्थाको केन्द्रिय कार्यालय काठमाण्डौंको नरदेवीमा रहेको थियो र उक्त केन्द्रिय कार्यालयका प्रमुख सचिव ढलक प्रताप राना हुनुहुन्थ्यो । उहाँले २०१४ सालमा गुल्मीको भार्सेमा हुने “मगर सुधार संघ पश्चिमाञ्चल महासम्मेलन” मा शुभकामना पत्र पठाउनु भएको थियो । (मधुमालती बुढाथोकी “शोध माला”२०६७पृष्ठ ११–१२) यस बाट के कुराको जानकारी हुन्छ भने काठमाण्डौमा “मगर समाज सुधार संघ” स्थापना पछिमात्र मोफसलमा मगर समाज सुधार संघको स्थापना भएको थियो ।
त्यसपछि वि.स. १०१२ सालमा गुल्मीको भार्से मा मगरहरुलाई सामुहिक रुपमा संगठित गरि चेतना फैलाउने काममा गिरीप्रसाद बुढाथोकीको नेतृत्वमा मगर समाज सुधार संघ भार्से स्थापना भएको थियो ।२०१२ सालमा दैलेखमा पदम सिंह थापा मगर “मगर समाज सुधारको” रुपमा मगराँतमा देखा परेका थिए । (हर्ष बहादुर बुढा मगर,“किरात वंश र मगरहरु पाना ४८१)
यसै क्रममा २०१३ सालमा पूर्वाचंलमा मगरहरुमा पनि मगर एकताको अभियान संचालन हुन थाल्यो । सोही वर्ष मोहत्तरीमा मगर भेला भयो । २०१३ सालमा म्याग्दी जिल्लाको औलो गाउँमा मेजर टेक बहादुर पुन मगरकोअध्यक्षतामा मगर भेला सम्पन्न भयो । सो भेलामा घर धुरी अनुसार अर्थ संकलन गरि बाढी र आगलागि पिडितहरुलाई अन्न दिने, विद्यालय खोल्ने संचालन गर्ने कार्यक्रम आदि निर्णय गरिएको थियो । यसै क्रममा एक देवआलेले तनहुँमा र रण बहादर आलेले गोर्खामा २०१३ सालमा त्यस भेगका मगरहरुलाई संगठित गरेका थिए । वि.स. २०१४ सालमा तनहुँको फुलुङ भन्ने गाउँमा एक देव आलेको नेतृत्वमा त्यस भेगका मगरहरुको वृहत सम्मेलन भएको थियो । रण बहादुर आलेले उक्त सम्मेलनको व्यवस्थापनका लागि सक्रिय रुपमा सहयोग गरेका थिए र उक्त सम्मेलन धुमधामका साथ सम्पन्न भएको थियो ।

मगर समाज सुधार संघको विस्तार
वि.स. २०१४ सालमा फाल्गुण २७ देखि २९ गते सम्म पूर्व देखि पश्चिमका विभिन्न जिल्लाका मगर प्रतिनिधिहरुको सहभागितामा “मगर सुधार संघ पश्चिमाञ्चल महासम्मेलन” गुल्मी जिल्लाको भार्सेमा सम्पन्न भयो । सो सम्मेलनमा जम्मा ५०० जना प्रतिनिधिहरु तथा ४००० मगर जन समुहको माझमा गिरी प्रसाद बुढाथोकीलाई सर्व समितिबाट सम्मेलनको सभापतिका छनोट गरिएको थियो । सो सम्मेलनमा १८ सदस्यीय विधान मस्यौदा मण्डल गठन गरिएको थियो । (शोधमाला अङ्क १ २०६३) सो “मगर सुधार संघ पश्चिमाञ्चल महासम्मेलनमा केन्द्रिय कार्यालयका काठमाण्डौं तथा सल्यान जिल्लाका प्रतिनिधि देवान सिंह थापाले सहभागीको रुपमा सम्मेलनमा भाग लिनुभएको थियो । उक्त अवसरमा उहाँले दिनुभएको मन्तव्य यस प्रकार छ, “मगर समाज सुधार संघ वि.स. २०१२ सालमा काठमाण्डौमा स्थापित भएको हो ।... आजको निरक्षरी समाजलाई साक्षरी बनाई आजको प्रगतिशिल समाजको दाँजोमा पुरयाउन् प्रयत्न गर्नु हो ।” (शोधमाला वर्ष २ अंक १ पाना १२) गिरी प्रसाद बुढाथोकीको सक्रियतामा संचालन भएको भव्य मगर भेलाले त्यस भेगका मगरहरुमा व्यापक जनचेतनाको विकास गरेको थियो । वि.सं. २०१४ सालमा सम्पन्न भएको “मगर सुधार संघ पश्चिमाञ्चल महासम्मेलनको व्यापकता देखेर “नेपाल मगर संघले यो सम्मेलनलाई सो संघको प्रथम सम्मेलन मानी आएको छ । 

वि.स. २०१२ सालमा काठमाण्डौंमा “नेपाल मगर सुधार संघ”को स्थापनाबाट मगर संघ संस्थाहरुको संगठन शुरुवात भएको हो । अधिराज्यका विभिन्न जिल्लाहरुमा मगर समाज सुधार संघ”, “मगर समाज कल्याण समिति”, “मगर समाज सुधार समिति”, “लाङघाली परिवार” र “मगर समाज सेवा केन्द आदि नामले मगर संघ संस्थाहरु खुलेको पाइन्छ ।  मगर संघ संस्थाहरुको उद्देश्य मगर जनजातिमा जागरण चेतना उत्पन्न गर्न गराउन थियो । मगर समाजमा विद्यमान सामाजिक चलन, प्रथा, रीति थितीहरुलाई समयानुकुल परिवर्तन एव परिमार्जन गर्दै लैजानु थियो । मगर आदिवासी जनजातिको मौलिक संस्कृतिलाई संरक्षण एंव सम्बर्धन गर्न गराउनु थियो । साथै मगर समुदायमा सामाजिक सेवाका कार्यक्रमहरु कार्यान्वयन गर्नु गराउनु थियो । यो अवधि वि.सं. २०१२ देखि २०१७ साल सम्म रहेको थियो । यस अविधिमा “नेपाल मगर संघ” वाम सर्दै थियो । मगर समाजमा जागरुकता उत्पन्न गर्ने संस्थात्मक प्रयासमा मगर वुद्धिजिवीहरुको संलग्नता वढ्दै गरेको थियो । सो सक्रियता वि.सं. २०१७ सालमा रोकिन गयो ।

दोस्रो चरण (२०१७–२०३७) जागरण अभियान

“नेपाल लाङघाली परिवार” (२०२८)
वि.सं. २०१७ सालको राजनैतिक परिवर्तन पछि मुलुकको सम्पूर्ण राजनैतिक एंव सामाजिक क्रिया कलाप एंव संस्थाहरु माथि तत्कालीन सरकारले प्रतिबन्ध लगायो । फलस्वरुप सम्पूर्ण मगर संग सम्बन्धित संघ संस्थाहरु निष्कृय भए । वि.स. २०२७ साल सम्म मगर संघ संस्थाहरु निष्कृय थिए । तै पनि चेतनशील मगर वन्धुहरु गोप्य रुपमा भेटघाट गर्ने, छलफल गर्ने क्रम यथावत नै रहेको थियो । वि.सं. २०२८ सालमा पूर्व आइ.जी.पी. एंव राजदुत हर्क बहादुर थापा मगरको सर सल्लाहा तथा प्रेरणमा मगर विद्यार्थी एंव बुद्धिजिवीहरुले “नेपाल लाङघाली परिवार”को नाउले मगर संस्था काठमाण्डौंमा स्थापना भएको हो । सो संस्थाको अध्यक्षमा खिलध्वज थापा मगर वरिष्ठ पत्रकार सर्व सम्मतिबाट निर्वा्चित हुनु भयो । माया राना उपाध्यक्ष र कुल बहादुर राना महासचिव हुनुभयो । यसै संस्थाको देखासिकी मगरहरुले विभिन्न जिल्लामा र विभिन्न समयमा मगर संस्थाहरु खोल्न थाले । खिलध्वज थापाको नेतृत्वमा सो संस्थाले शैक्षिक एंव सांस्कृतिक जागरुकताका लागि सक्रिय भूमिका खेलेको थियो । साथै विभिन्न ठाउँमा मगर संस्था खोल्ने प्रोत्साहन र प्रेरणा पनि प्रदान ग¥यो ।
वि.स. २०३२ सालमा “कानुङ लाङघाली परिवार” रुपनदेहीमा “मगर समाज कल्याण समिति” म्याग्दीमा खोलियो । त्यस्तै २०३५ देखि २०३६ सालको अवधिमा वाग्लुङ्ग, बाँके, सुर्खेत र दैलेख जिल्लाहरुमा “मगर सुधार समिति”हरु खोलिए भने पाल्पामा मगर समाज सुधार समिति, कास्कीमा “लाङघाली परिवार” आदिमा मगर संस्थाहरु स्थापना हुदै गए । “कानुङ् लाङघाली परिवार” (२०३६) “मगर समाज कल्याण समिति (२०३२) मगर समाज सुधार समिति (२०३५) लाङघाली परिवार (२०३६) आदि नामबाट स्थापित भएका मगर संघ संस्थाहरुको मुख्य उद्देश्यहरु पूर्णरुपमा मगर समाजको सामाजिक, साँस्कृतिक साहित्यिक एंव भाषा आदिको संरक्षण, एंव सम्बर्धन गर्न गराउन थियो । यसै अवधिमा “लाङघाली” पत्रिकाको प्रकाशन पनि भएको थियो । डा. हर्षबहादुर बुढा मगर, एम.एस.थापा र अन्य मगर लेखकहरुबाट मगर जातिको इतिहास, सामाजिक व्यवस्था, साँस्कृतिक एंव भाषा आदि बारेमा गहकिलो प्रकाशन समेत भएको थियो ।

लाङघाली परिवार तदर्थ समिति (२०३६)

अधिराज्यका विविध जिल्लाहरुमा छरिएका मगर संगठनहरु वीच सर्पक र समन्वय स्थापित गर्दै एक सुत्रमा मगर संस्था आवद्ध गर्नु पर्ने आवश्यक देखियो । सोही उद्देश्यले डा. हर्ष बहादुर बुढामगरको अध्यक्षता र सक्रियतामा २०३६ सालमा लाङघाली परिवार तदर्थ समिति गठन गरियो । प्रचार प्रसार सचिव देवेन्द्र आले तथा सदस्यहरुमा के.वी. मगराती र बावु राना मगर थिए । सो परिवारको उपाध्यक्षमा तोप बहादुर थापा, सचिवमा सुरेश आले, कोषाध्यक्षमा केशरजंग बराल रहेका थिए । तर यस तदर्थ समितिले अधिराज्यका अन्य ठाउँमा मगर संस्थाहरुलाई एकसूत्रमा समेटन सकेको देखिएन । यो तर्दथ समिति निष्कृय नै रहयो । (नर बहादुर नरु थापा, किरात मगरइतिहास पाना ८६)

तेस्रो चरणः (वि.सं. २०३८–२०४७) संस्थात्मक विकास
वि.सं. २०३८ देखि २०४७ साल सम्मको अवधिमा “कानुङ्ग लाङघाली परिवार” को नेतृत्वमा अधिराज्य भरिका मगर संघ संस्थाहरु संस्थात्मक रुपमा संगठित एव आवद्ध भए । मगर समुदायको एकताको संस्थात्मक विकासको शुरुवात पनि यसै अवधिमा भएको हो । मगर जातिको पहिचान तथा सामाजिक एंव साँसकृतिक विकासका लागि यस अवधिमा धेरै कार्यक्रमहरु संचालन भएको थियो ।
वि.सं. २०३८ सालमा माघ २८ र २९ गते वावुरामको अध्यक्षता र जय बहादुर हितान रहनुभएको “कानुङ लाङघाली परिवार” रुपनदेही बुटवलमा गरेको सम्मेलनमा पुरानो “लाङघाली परिवार”लाई विघटन गरि नयाँ तदर्थ समिति “नेपाल लाङघाली परिवार संघ” केन्द्रिय समिति खडा गरियो । सोको अध्यक्ष पदमा हेम बहादुर पुन (पोखरा) उपाध्यक्ष रणबहादुर आले, महा सचिवमा सुरेश आले, कोषाध्यक्ष मनवीर गवुर्जा र प्रचार प्रसार सचिव जय वहादुर हितान रहनु भएको थियो । यस तदर्थ समितिमा २२ जिल्लाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
हेम बहादुर पुनको सक्रिय नेतत्वमा २०३९ साल फागुन १४.१५ र १६ गते दमौलीमा संघको तेश्रो राष्ट्रिय सम्मेलन र प्रथम राष्ट्रिय महाधिवेशन सम्पन्न गरिएको थियो । यो सम्मेलनमा अधिराज्यका हरेक क्षेत्रका मगर संघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता तथा संलग्नता रहेको थियो । त्यसैले यस महाधिवेशनले राष्ट्रिय स्तरको स्थान प्राप्त गरयो र यसलाई प्रथम राष्ट्रिय महाधिवेशन मानिआएको छ।
हेम बहादुर पुनको अध्यक्षतामा मगरहरुको सर्वाङ्गण विकासका लागि स्थापित यस संस्थाले राष्ट्रिय स्वरुप धारण ग¥यो  । मेचि देखि महाकाली सम्म छरिएर रहेका विभिन्न मगर संघ संस्थाहरुलाई एकीकृत रुप दियो । यसरी यो मगरहरुको छाता संगठन निर्माण हुन गयो । तीन प्रकारका भाषा बोल्ने मगरहरु, विभिन्न धर्म मान्ने मगरहरु, विभिन्न भेष भुषा र रितिरिवाज मान्ने मगरहरुलाई यस ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशनले एकताको सुत्रमा बाँधेको छ ।
हेम बहादुर पुनको योग्दानकोलागि नेपाल मगर संघ केन्द्रिय समितिले उहाँलाई २०४९÷५० सालमा हर्ष पुरस्कार सम्मान गरेको थियो । सो सम्मान पत्रमा उहाँ लाई तत्कालीन नेपाल लाङघाली परिवार संघको संस्थापक अध्यक्ष भनेर उल्लेख गरिएको छ ।

सस्थापक एंव प्रथम अध्यक्षको मुख्य योग्दान
२०४० साल वैशाख ३१ गते चिप्लेढुङ्गा पोखरामा हेम बहादुर पुनको अध्यक्षतामा बसेको नेपाल लाङघाली परिवार संघको “केन्द्रिय कार्यकारणी समितिको प्रथम बैठकमा निम्न लिखित दुईवटा महत्वपूर्ण प्रस्ताव सर्व सम्मतिबाट पारित गरियो ।
१) प्रत्येक वर्ष फागुन १५ गतेलाई “लाङघाली दिवसको रुपमा मनाउने ।
२) मगर र अमगर भन्ने स्पष्ट नहुने भएको हुदाँ आफ्नो नाम र थरको पछाडि “मगर” शब्द भन्ने थप्नु पर्ने ।
प्रथम तथा संस्थापक अध्यक्ष हेम बहादुर पुनले आफ्नो कार्यकालमा मगर समाजमा शैक्षिक, साँस्कृतिक एवं आर्थिक कार्यक्रम संचालन एंव कार्यन्वयन गरेर अविस्मरणीय योग्दान पुयाउनु भएको छ । जातीय मुक्ति आन्दोलन र तत्कालीन पंचायतको निरुकुश शासनको विरुद्ध प्रजातन्त्र प्राप्त गर्न “नेपाल लाङघाली परिवार” लाई चुनौती साथमा राष्ट्रव्यापी रुपमा संगठित गर्ने गराउनु भयो ।

हालसम्मका महाधिवेशनहरु
महाधिवेशन  मिति     नेतृत्व   सम्पन्न स्थल
प्रथम   २०३९ फालाण १५–१६  हेमबहादुर पुनमगर  दमौली -(तनहुँ) दास्रो
दोस्रो   २०४२ फालाण १६–१७ कविराज पुनमगर  हैटौडा -(मकवानपुर)
तेस्रो  २०४५ चैत्र २६–२७  ले. मानध्वज रानामगरनेपालगंज -(बाँके)
चौथो   २०४८ माघ १०–११   गोरेबहादुर खपाङ्गीमगर - काठमाण्डौं
पाँचौ   २०५१ फाल्गुण २६–२९  गोरेबहादुर खपाङ्गीमगर - घोराही (दाङ)
छैटौं   २०५४ फाल्गुण १५–१८  गोरेबहादुर खपाङ्गीमगर - नवलपरासी
सातौं   २०५७ फाल्गुण २१–२३  गोरेबहादुर खपाङ्गीमगर  -धरान(सुनसरी)
आठौं   
         २०६० फालण १४–१७ क्या,यमबहादुर बुढाथोकीमगर -टिकापुर     (कैलाली)
नवौं   २०६४ वैशाख ८–१०   झक बुहादुर थापा मगर - काठमाण्डौं
दशौं   २०६८ मंसिर २५–२८  महेन्द्र थापामगर -  तमघास
एघारौं   २०७३ बैशाख १८-२२   नवीन रोका मगर  - चितवन

चौथो चरणः .(वि.सं. २०४८–०६३)  शसक्तिकरण
वि.सं. २०४८ देखि २०६३ साल सम्मको कार्यकाललाई चौथो चरण अर्थात नेपाल मगर संघको शसक्तिकरणको चरण भनेर भन्न सकिन्छ । पूर्व अध्यक्ष गोरे बहादुर खपाङ्गीको कार्यकालमा अर्थात २०४८ सालमा नेपाल लाङघाली संघ चौथो महाधिवेशनले सो संघको नाम परिवर्तन गरि “नेपाल मगर संघ” नामकरण गरिएको थियो । उक्त महत्वपूर्ण समारोहमा लखन थापा द्वितीयलाई नेपालको सर्वप्रथम शहिद घोषित गरियोस भनी राखिएको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको थियो । पुर्व अध्यक्ष गोरे बहादुर खपाङ्गी मगरको नेतृत्वमा अधिराज्का ६५ जिल्लाहरुलाई समेटने गरि “नेपाल मगर संघ“ एउटा शसक्त सामाजिक संस्थाको रुपमा उभिएको देखियो ।
वि.सं. २०६०–६३को अवधिमा पुर्वाध्यक्ष यम बहादर बुढाथोकीको सबल र सक्षम नेतृत्वमा नेपाल मगर संघको संस्थागत विकासमा आवश्यक पर्ने आफ्नै कार्यालय भवन निमार्ण भयो । साथै विदेशमा स्थापना भएका मगर संघ संस्थाहरसंग सुमधुर सम्बन्ध, सर्पक एंव समन्वय कायम हुन गयो । यसरी नेपाल मगर संघको संस्थात्मक विकासमा विदेशमा रहेका मगर संघ संस्थाहरु सहयोग निकै महत्वपूर्ण रहेको देखियो ।
वि.सं. २०६२÷०६३ को जनआन्दोलनमा “नेपाल मगर विद्यार्थी संघको रचनात्मक सक्रियतामा नेपाल मगर संघले सकरात्मक भूमिका खेल्यो । यसरी जन आन्दोलनमा “नेपाल मगर संघले आफ्नो छवि कायम राख्न सकेको देखिन्छ ।

पाँचौ चरणः (वि.सं. २०६४–हाल सम्म) “हकअधिकारको संघर्ष
वि.सं. २०६४ देखि आज सम्म “नेपाल मगर संघको सामाजिक, साँस्कृतिक क्रियाकलाप र यथावत छ । “नेपाल मगर संघ” मगर जातिको हक हित र अधिकारको जागरण अभियानमा सक्रिय रहेको छ । राज्य संरचनामा मगरात स्वायत प्रदेशको स्थापनाबारे वृहतरुपमा चेतना मूलत कार्यक्रम संचालन हाल सम्म गर्दै आएको छ । यसै क्रममा अधिराज्यका विभिन्न ठाँउहरुमा लोकतान्त्रिक संवाद, प्रशिक्षण कार्यक्रम, प्रकाशन एंव शान्तिपूर्व जुलुशहरु संचालन गर्दै आएको छ । राज्य माथि दवाव दिन“मगरात राज्य”को घोषणा एंव मगरात राज्यका सीमानाहरुमा होर्डिङ वोर्ड राख्ने अभियान पनि संचालन गरेको छ ।

वि.सं. २०६४ बैशाख ८ र १० गते काठमाण्डौमा सम्पन्न नवौँ अधिवेशन वाट झक बहादुर थापा मगर तथा २०६८ मंसिर २५ र २८ गते सम्पन्न महाधिवेशनवाट महेन्द्र थापा मगर नेपाल मगर संघको अध्यक्ष पदमा निर्वाचित हुनु भयो । उक्त दुवै पूर्व अध्यक्षहरुको सवल एंव सक्षम नेतृत्वमा जातीय पहिचान, स्वशासन र आत्म निर्णयको अधिकार सहितको मगरात राज्यको स्थापनाको संघर्षका लागि साहसिक निर्णयहरु भए । एकल जातीय, वर्गिय , क्षेत्रिय र एकात्मक राज्य नीति तथा व्यवस्थाको विरुद्ध मगर समाजमा सामाजिक जागरण ल्याउने प्रयासमा तीव्रता आयोको देखियो । वर्तमान अध्यक्ष नवीन रोका मगर को नेतृत्वमा नेपाल मगर संघको शैक्षिक, सास्कृतिक, आर्थिक एवं जातिय पहिचानका कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ ।
मगर दिवको उपलब्धीहरु
१)  स्वदेश एव विदेशमा छरिएर रहेका सम्पूर्ण आदिवासी मगर जनजातिलाई एकजुट, एकबद्ध तथा एउटै संस्था अर्थात “नेपाल मगर संघ”मा आवद्ध र सगंठित भए ।
२)  मगर संस्कृति, मगर भाषा, भेष भूषा, धर्म रीतिथिती र परम्परा सम्वर्धन, सरक्षण एवं विस्तार प्रभावकारी रुपमा वृद्धि भएको ।
३)  आदिवासी मगर जनजातीको पहिचान, हक हित अधिकार एवं कर्तव्य प्रति मगर समुदायमा जागरुकता एवं जनचेतना वढेको ।
४)  मगरात राज्यको प्राप्तीका लागि हुने संघर्षमा तीव्रता र प्रभावकारिता बढेको
५)  जन्म देखि मृत्यु सम्मको संस्कारमा मगर कुटुम्व कर्मकाण्ड गराउने, मगर समुदायको आधिकारिक धर्म बौद्ध धर्म र मगर भाषाको आखा लिपीको प्रयोग र अभ्यास संख्यात्मक रुपमा बढ्दै गएको ।
६)  संचार क्षेत्रमा समाचारपत्र, अनलाइन टीवी र  चलचित्र आदिमा मगर समुदायको विभिन्न विषय सामाग्रीहरुको प्रस्तुति बढेको ।
७)  आर्थिक क्षेत्रका मगर समुदायको व्यवसायिक सक्रियता वढ्न गएको । शिक्षा प्रति मगर युवा र मगर अभिवावकहरुको अभिरुचीमा वृद्धि भएको ।
८)  मगर समुदाय संग सम्बन्धीत व्यवसायिक, प्राज्ञिक, शैक्षिक, आर्थिक, सास्कृतिक, सामाजिक तथा राजनीतिक संस्थाहरुमा बृद्धि भएको ।

निष्कर्श:
तुलनात्मक रुपमा मगर र मगर समुदायको बहुमुखी प्रगति भएता पनि अझ निरन्तर संघर्ष एंव सतत प्रयास अत्यन्त आवश्यक छ । अतः  फाल्गुण १५ गते मगर समुदायको लेखा जोखा को दिन पनि हो । “नेपाल मगर संघ”को विगतका प्रगति तथा भावी रणनितीको मुल्याङकन एवं समीक्षा गर्ने दिन हो । साथै सयौ वर्ष देखि उत्पिडित मगर समाजले अव के कसरी आफ्नो समाज लाई राष्ट्रिय विकासको मूल धारामा स्थापित गर्ने । कसरी आफ्नो प्रभावकारी आधिपत्य स्थापित गर्ने ? आजको चिन्तनको दिन हो । विश्वका मगरहरु एक हुन आजको नारा हो । मगरहरुको घोषणा र गर्जन हो ।

लेखक: माष्टर मित्रसेन स्मृति प्रतिष्ठानको अध्यक्ष हुनु हुन्छ ।

आधार सामाग्री
नर बहादुर थापा नरु थापा  किरात मगर इतिहास (२०६७, भाद्र)
डा. हर्ष बहादुर बुढामगर किरात वंश र मगरहरु (२०४९, जेष्ठ)
उमेश बहादुर राना मगर मगर समाज र फागुन १५ गते, मगर दीप स्मारिका २०६३ पाना ३७
मधुमालती बुढाथोकी मगरहरुको पश्चिमाञ्चल महासम्मेलन, ऐतिहासिक दस्तावेज “शोधमाला” पाना ११ (२०६७)
मीन श्रीस मगर समज सस्थागत विकास र सामाजिक परिवर्तन शोधमाला पाना ४० (२०६४)
त्रिलोक सिंह थापा  फागुन १५ गते, “मगर आवाज”

 

Last Updated on Tuesday, 26 February 2019 06:01

Hits: 5038

राणाहरुले 'लडाइँमा झोसेका' लाहुरेहरु

भोगिराज चाम्लिङ

पृथ्वीनारायण शाहको एउटा नितिउपदेश छ, जिवनको उत्तरार्धमा मुखले लेखाएको भनिएको उनको यो उपदेशलाई "दिब्योपदेश" नाम दिईएको छ । त्यसमा उनले भनेका छन :

"पाडे, बस्न्यात, पंथ भैयाद मग्र ( मगर ) ... ई मेरा नुन् गुन्का स्वझा ( सोझा ) सेवक हुन । ईनिहरुको जीव जान्या बिराम गर्‍याको भया पनि आफुले नमार्नु । बरु माराताप दियेर लडाइँमा झोसी दिनु र जीव जोगाई आयो भन्न्या बढिया भयो, मरिगयो भन्न्या आफुले मार्नु, अर्कैबाट मारी दियाको बढिया हुन्छ । तव राजाले सेवकलाई घरमा नमार्नु ।"

राणाहरुले यहि "लडाइँमा झोस्ने" नीति लिएर नेपाली युवाहरुलाई दोश्रो बिश्वयुद्धमा होमिदिएका थिए । आफुले मार्नुभन्दा युद्धमा झोसीदिएर अर्कैको हातबाट मारिदिनु उनिहरुको लागि "बढिया" थियो । राणाशासन बिरुद्ध उठ्न सक्ने ठूलो युवाशक्तिलाई दोश्रो बिश्वयुद्धमा झोसेर उनिहरुले आफू बिरुद्धको असंतुष्टीलाई ब्याबस्थापन गर्न खोजेका थिए । राणा प्रधानमन्त्री जुद्ध शम्शेरले दोश्रो बिश्वयुद्धमा 2 लाखभन्दा बढी नेपाली युवाहरु भर्तिमा पठाएका थिए । त्यसमध्ये हजारौं मारिए, बेपत्ता र घाइते भए । तर, जतिले "जीव जोगाई" आए, उनिहरुले राणा सेनाहरुलाई परास्त गर्दै राणाशासन अन्त्य गरेरै छाडे ।

राणा प्रधानमन्त्री चन्द्र शम्शेरको समयमा पहिलो बिश्वयुद्ध भएको थियो । अंग्रेजहरुलाई लडाकु सेनाहरुको आवश्यकता परेपछि उनिहरुले नेपाली युवा भर्ती गर्न औपचारिक रुपमा प्रस्ताव गरे । अंग्रेजहरुको सेवा गर्ने मौकाको रुपमा लिंदै चन्द्र शम्शेरले भर्तिको अनुमती मात्र दिएनन् नेपाली सेना नै युद्धमा खटाए । यसका लागि गाउघरबाट बढिभन्दा बढी "रंगरुट" ( भर्ती ) अनिबार्यरुपमा पठाउनु पर्ने "सनद" नै जारी गरेका थिए । चन्द्र शेरको पालामा यस्ता रंगरुट भर्तीकेन्द्र नेपालमा दश ठाउमा खुलेको थिए । यसबाहेक भर्तिका लागि प्रलोभन पनि दिइएको थियो । भर्ती गराउनका लागि "रंगरुट" जम्मा गर्नेहरुलाई पैसा र जमिन दिईन्थ्यो भने बृटिश-भारतिय सेनमा भर्ना हुनु भनेको नेपाल सरकारकै सेवा गरे सरह हुने बताइएको थियो । भर्ती गराउने अधिकरीहरुको अनुसार सन् 1914 मा प्रथम बिश्वयुद्धमा लडाउन नेपालको गाउगाउबाट भारत पठाइएको जवानहरुको संख्या 2 लाखभन्दा बढी थियो । यो संख्या 9 लाख 17 हजार 144 थियो भन्ने अनुमान पनि छ । तर, एन्थनी गाउल्डले चाहिँ युद्धमा 1 लाख गोर्खाली ( नेपाली ) हरु परिचालन गरिएको र 10 भागको 1 भाग चाहिँ युद्धमा मारिए, हराए वा घाइते भएका बताएका छन । राणाहरुले भर्तिवापत अंग्रेजहरुबाट लाखौं रकम लिएका थिए । पुरुषोत्तम शम्शेर जबराका अनुसार चन्द्र शम्शेरले अंग्रेजहरुबाट लाहुरेको नाममा आएको एकमुष्ठ 21 लाख रुपैयाँ निजि बनाएका थिए । त्यस्तै लाहुरेहरुको नाममा बेलायतले बैंक अफ लण्डनमा खाता खोलेर राखिदिएको 10 लाख डलर पाउन्डको ब्याज हरेक बर्ष पठाइन्थ्यो, त्यो पनि चन्द्र शम्शेरले निजि ढिकुटीमा जम्मा गर्थे । चन्द्र शम्शेरले बृटिश-भारतिय सेनामा भर्ती गराएर हजारौं नेपाली युवतीहरुलाई बिधवा बनाए, हजारौं घाइते अंगभंग भए । उनले अंग्रेज सरकारसँग नेपालबाट भर्ती भएकाहरुलाई सुबेदारभन्दा माथिका ओहोदा नदिन समेत अनुरोध गरेका थिए । योभन्दा अर्को कृतघ्नता अर्को के हुन सक्छ ?

दोश्रो बिश्वयुद्धमा पनि बृटिश-भारतिय सेनामा उस्तरी नै भर्तिका लागि नेपाली युवाहरुलाई पठाइयो । दोश्रो बिश्वयुद्ध हुँदा नेपालमा जुद्ध शम्शेर राणा प्रधानमन्त्री थिए । उनले आफ्नो पुर्ववर्ती श्री 3 प्रधानमन्त्री चन्द्र शम्शेरकै अनुकरण गरे । त्यसबखत पनि नेपालबाट 2 लाखभन्दा बढी युवाहरु भर्तिमा पठाइएका थिए । दोश्रो बिश्वयुद्ध शुरु भएपछि सन् 1940 सेप्टेम्बरमा पश्चिममा 6 र पुर्वमा 5 जना भर्ती अफिसरहरु नियुक्त गारिएका थिए । पश्चिम नेपालमा 6 वटा भर्ति केन्द्रहरु खोलिएको थिए- बन्दिपुर ( तनहुँ र रिसिङ घ्रीङका लागि ), पोखरा ( कास्कीका लागि ), खलंगा ( प्युठानका लागि ) र सल्यान । पुर्वमा खोलिएका 5 वटा भर्ति केन्द्रहरु थिए- रामेछाप ( पुर्व 2 नंबर जिल्लाको लागि ), ओखलढुंगा ( पुर्व 3 नम्बर जिल्लाको लागि ), भोजपुर ( पुर्व 4 नंबर जिल्लाको लागी ), धनकुटा ( पुर्व 5 नम्बर जिल्लाको लागि ) र इलाम ( इलाम जिल्लाको लागि ) ।

दोश्रो बिश्वयुद्धमा बेलायतले भर्ती गरेका नेपाली युवाहरुको संख्या:
बर्ष -        सु. पश्चिम - पश्चिम र मध्य - पुर्वान्चल - जम्मा
सन् 1940 - 1,500 - 11,000 - 2,500 -     15,000
सन् 1941
फेब्रुअरी - 20,000
सेप्टेम्बर - 2,000 - 9,000 - 2,000 - 13,000
सन् 1942-43 - - 23,000
सन् 1944-45 - - 12,000
जम्मा =------------------------------------------- 83,000

सन् 1940 को मध्यमा बृटिश-भारत सरकारले पश्चिम नेपालबाट 5,600 सय र पुर्वी नेपालबाट 14,000 गरि 7,000 नेपाली युवा भर्ती गर्नका लागि अनुमती माग्यो । राणा प्रधानमन्त्री जुद्ध शम्शेरले बृटिशहरुभन्दा अझ अघि बढेर पश्चिमबाट 14,000 र पुर्वी नेपालबाट 6,000 जवानसम्म भर्ती गर्न सकिने बताए । यसका साथै उनले बृटिश सेनामा भर्ती हुने नेपाली युवाहरुलाई समुद्रपार जानसमेत अनुमती दिए । यसअघि सम्म त्यस्तो अनुमती थिएन । तर, फर्किदा पानीपतिया* भने गर्नुपर्ने बाध्यात्मक ब्याबस्था गरे । अंग्रेजप्रतिको यो भक्तिभाव पूरा गर्न पुर्वका इलाम, भोजपुर, धनकुटा र पुर्व 4 नंबरको लागि गौंडागौंडामा साउन 1997 ( सन् 1940 ) मा राणा प्रधानमन्त्री जुद्ध शम्शेरले भर्तिका लागि "रोक्का" ( आदेश ) समेत जारी गरेका थिए । ती रोक्कामा यी जिल्लामा युद्धको बखतमा भर्ती गर्न खुल्ला गरिएको बताइएको थियो ।

मे 1940 मा फ्रान्स र बेल्जियममा बेलायतले 40 हजार सेना गुमएपछि नेपाली युवाहरु भर्तिका लागि सख्त जरुरत भयो । सेप्टेम्बर 1940 मा बेलायतले अत्यन्त जरुरी भन्दै थप 10 बटालियन सेना भर्तिका लागि अनुमती दिन नेपाल सरकारलाई अनुरोध गर्यो । जुद्ध शम्शेरले खुशिसाथ अनुमती दिए । सो बर्ष बेलायतले कुनराघाटमा 11,000 जवान भर्ती गर्यो, घुम पहाडमा 25,00 र लहेरिया सहराईमा 1,500 जवान भर्ती गर्यो । फेब्रुअरी 1941 मा 20,000 जवान भर्ती गरियो । सोही बर्ष जुद्ध शम्शेरले थप 14,000 जवान भर्ती गराउने वचन दिए । सो अनुसार सेप्टेम्बरमा 13,000 जवान भर्ती गरियो, बाँकी 1,000 चाहिँ जगेडामा राखियो, आवश्यक पर्दा लिनगरी । 13,000 जवान मध्ये कुनराघाटमा पश्चिम र मध्य नेपालबाट 9,000 जवान, पुर्वि नेपालबाट घुमपहाडमा 2,000 जवान र सुदुर पश्चिमबाट लहेरिया सहेरियामा 2,000 जवान भर्ती गरिएको थियो । यसबर्ष काठमाडौबाट समेत 1,400 जवान भर्ती गरिएको थियो जसलाई रक्सौल पठाइयो । सन् 1942 मा आइपुग्दा युद्धको लागि भर्ती गरिएकोहरुको संख्या 40 बटालियन पुगेको थियो । सिङ्गापुरको युद्धमा 3 बटालियन युवाहरु मारिएका थिए, जसले गर्दा अंग्रेजलाई थप युवाहरु भर्ती गर्नुपर्ने सख्ता जरुरी परेको थियो । सन् 1942 - 43 मा बेलायतले 23,000 नेपाली युवाहरु युद्धका लागि भर्ती गर्यो । सन् 1944 - 45 मा 12,000 नेपाली युवाहरु बेलायतले युद्धका लागि भर्ती गरेको थियो तर त्यति जवान पुर्याउन धेरै मुस्किल परेको थियो ।

गोर्खा रिक्रुटको रुपमा युवाहरु संकलन गर्न सरकारले मुखिया, राई पगरी, जिम्मावाल, तालुकदार र गौरुङहरुलाई पत्र काटी खटाएको हुन्थ्यो । उनिहरुले आफ्नो जिम्मा भित्रका 16 देखि 35 बर्ष उमेरका रैती ( युवा ) हरु तिनपुस्ते लेखेर सरकारले खटाएका गल्लावाल समक्ष अभिभावकको उपस्तिथिमा माल, गौंडा र गोश्वाराको टुँडिखेलमा बुझाउनु पर्थ्यो । यसवापत उनिहरुले प्रती गोर्खा रिक्रुटको 4 पैसा पाउथे । युद्धमा जति ढल्थे, त्यतिनै नयाँ रिक्रुटहरु पठाउनु पर्थ्यो । बृटिश सरकारको तर्फबाट खटिएका भुपु गोर्खा सेनाका गल्लावालहरुले पनि गाउगाउमा पुगेर युवाहरु भगाई भगाई भर्ती गर्थे । यसवापत उनिहरुले 75 पैसा प्रतिब्यक्तीका दरले पेन्सनमा जोडेर पाउथे । त्यसतै पल्टनबाट घरबिदामा आएका गोर्खा सैनिकहरुले पनि फकाई फकाईकन युवाहरु रिक्रुटको रुपमा लिएर जान्थे । यसवापत उनिहरुले चाहिँ प्रतिब्यक्ती रु. 1.75 रुपैयाँ पाउथे । दोश्रो बिश्वयुद्धमा यति धेरै भर्ती गरिएको थियो कि गाउघरमा बृद्ध, महिला र केटाकेटी मात्र थिए ।

युवाहरुलाई कसरी जवर्जस्ती भर्ना गरिन्थ्यो भन्नेबारे तुलसी प्रसाद रेग्मीले आफ्नो बुवाबाट सुनेको कुरा मर्मस्पर्शी छ । उनी सुनाउछन "मेरो बुबाले सुनाउनु भएको एउटा हाँसउठ्दो कुरा तपाईहरु लाई सुनाउछु। त्यतिखेर हिन्दुस्तानमा अंग्रेजको सरकार थियो । उनिहरुले राईहरुलाई भर्ती गरेर लैजान्थे। भर्ना गर्नका लागि जिल्लाजिल्लामा, घरघरमा मान्छे खोज्न गल्लावालहरु आउथे । कोहि लुक्थे, कोहि भाग्थे । तर अर्का घरकाले बताइ दिएपछि जसरी पनि खोजेर ल्याउथे र भर्तिमा लैजान्थे । लुक्दा, भाग्दा पनि धर नपाएपछि डराई डराई भेला हुन्थे । अनि, के गर्दा चाहिँ भर्ती लादैन त भन्दा- लाटोलाई चाहिँ भर्ती गर्दैनथ्यो । एकजनाले चाहिँ लाटो भएको बहाना गरेछ । मान्छे चाहिँ भर्ती गर्नेखालकै गज्जप जिउडाल भएको थियो । भर्ती गर्न आउनेलाई उसको नाम थाह रहेछ । उ लुकेर त्यो केटाको पछाडी खुसुक्क भनेछ "ए किस्ने!" उ चाहिँ साथिले बोलायो भनेर "हाँ" भनेछ । त्यसपछि गल्लावालले लाटो भएको केटालाई "तेरिमा बदमास" भनेर भर्ना गरे रे ।"

भर्तिका लागि राणा प्रधानमन्त्रीहरुले बृटिस-भारत सरकारको कुन हदसम्म चाकरी गर्थे भन्ने अर्को लज्जास्पद तथ्यले बताउछ । सरकारकै तलव खुवाएर नेपाली सेनाका क्याप्टेनलाई बृटिस सेनामा स्थानिय युवाहरु भर्ती गर्ने काममा लगाइएको पाइएको छ । बि. सं. 1935 माघ 30 गते क्याप्टेन कालुसिंह स्वाँंर क्षेत्रीलाई वार्षिक 900 रुपैयाँ तलब तोकेर बैतडी-झुलाघाट गौंडाको क्याप्टेन बनाइएको थियो । उनलाई 1,000 जना युवाहरु बृटिश-भारत सेनामा भर्ती गराउन र नगराए 200 रुपैयाँ दण्ड तिराइने कडा पत्र पठाइएको थियो । नेपाली युवाहरुलाई बृटिश-भारतिय सेनामा भर्ती गर्न खटाइएका यस्ता एकजना ब्यक्ती स्वयम् राम प्रसाद राई पनि थिए । जुद्ध शम्शेरको पालामा उनि सुबेदारको रुपमा बि. सं. 1997 मा धनकुटा खटिएका थिए । ती रिक्रुटहरुलाई राम प्रसाद राईले गोरखपुरसम्म पुर्याएका थिए । सन् 1942 जनवरीमा भोजपुर टुँडिखेलमा 8 - 9 लस्कर युवाहरु गोर्खा रिक्रुटको रुपमा भर्ना गरिएको थियो । बिदा हुने छोराछोरी र बिदा गर्ने आमा-बाबुहरु सुक्सुकाउदै हात हल्लाएको दृश्य हृदयबिदारक थियो ।

एन्थनी गाउल्डका अनुसार दोश्रो बिश्वयुद्ध अन्त्ये हुँदासम्म बृटिस सेनामा गोर्खाली ( नेपाली ) युवाहरुको 45 बटालियन खडा भएको थियो, जसमा 1 लाख 12 हजार सैनिक थिए । तर, युद्धमा मारिने, हराउने, घाइते हुने सेनाहरुको शोधभर्नामा पुन: भर्ती लिईने हुनाले यो संख्या 2 लाख पुगेको अनुमान गर्न सकिन्छ । यी सेनाहरु इराक, ट्युनेसिया, इटाली, ग्रीस, बर्मा, मलाया र इन्डोनेसियाका युद्धमा भाग लिए । यसरी भर्ती गरिनेमा मुख्यतः मगर, गुरुङ, राई र लिम्बू थिए । त्यससंगै ठकुरी, क्षेत्री, दुरा, सुनुवार र रानाभाटलाई पनि भर्ना गरिएको थियो । बिश्वयुद्धमा परिचालन गरिएका मारिने, हराउने, घाइते हुने नेपाली युवाहरुको संख्या धेरै ठूलो थियो । मारिनेहरुको मात्र कुरा गरिने हो भने हरेक मृतकको नाममा एकमिनट मौनधारण गर्दा दुईहप्ता लाग्ने बताइन्छ । गोरखा वेलफेयर ट्रष्ट ( गोरखा कल्याणकारी कोष ) को वेबसाइट www.gwt.org.uk मा बडो भावुक शैलिमा लेखिएको छ- "दोश्रो बिश्वयुद्धमा मृत्यु, घाईते हुने प्रत्येक गोरखाको निम्ति ( एक मिनेट ) मौनधरण गर्ने हो भने पनि दुईहप्तासम्म मौनधारण गर्नुपर्ने हुन्छ ।"

साभार :

जननायक : राम प्रसाद राई
माझकिरातको क्रान्तिदेखी सिंहदरबार बिद्रोहसम्म
( अध्याय - 2 माझकिरात र बिद्रोह बाट )
लेखक : भोगिराज चाम्लिङ ( Bhogi Chamling )

यले डुङ / दुङ / नाम्माङ / नाम्साम / थोचे / तङ्बे ( Kirat-Era ) : 5079

रकम चाम्लिङ को फेस्बुक वाल बाट ।

Last Updated on Monday, 01 April 2019 17:02

Hits: 370

एक एस्ता नेता जसका कारण साधारण जनता म सजिलै सिंहदरबार छिर्न पाए ।

सालोक्य

उनलाई चिनाउने ११ तथ्य – भाइरल भाषणदेखि प्रचण्डको आरोप ।

त्यतिबेला म आरआर क्याम्पसमा पत्रकारिता पढ्दै थिएँ। क्लासमा रिपोर्टिङ गर्ने असाइनमेन्ट हुन्थ्यो। एक दिन संसदको रिपोर्टिङ गर्न मन लाग्यो। प्रतिनिधि सभा त्यतिबेला सिंहदरबारमा थियो, सिंहदरबार छिर्न अहिले जस्तो गाह्रो थिएन। पत्रकारिताको विद्यार्थी हुनाले प्रेस कार्ड हुने त कुरै भएन। संसदभित्र प्रवेश गर्न कि त प्रेस कार्ड हुनुपर्‍यो। कि चाहिँ दर्शक बनेर जानुपर्‍यो। दर्शक बनेर जानका लागि आफ्नो क्षेत्रका सांसदले सिफारिश गरिदिनु पर्थ्यो।

एउटा चिटमा आफ्नो क्षेत्रका सांसदको नाम र सन्देश लेख्ने र त्यसलाई त्यहाँ कर्मचारीले सांसदलाई पुर्‍याइदिने सुविधा रहेछ। मैले पनि अरुले जस्तै आफ्नो क्षेत्रका सांसदको नाम लेखेर सन्देश लेखी पठाएँ। अरुहरुका सांसद बैठक कक्ष बाट निस्कँदै प्रवेश पासको सिफारिश दिन ल्याए। मेरा सांसद चाहिँ आउँदै आएनन्। अनि मैले फेरि आफ्नो क्षेत्रका सांसद नभए पनि पद्मरत्न तुलाधरको नाममा चिट पठाएँ।

अचम्म, आफ्नै सांसदले बेवास्ता गरे पनि तुलाधर बैठक कक्षबाट बाहिर निस्किएर कसले चिट पठाएको हो खोज्दै आए। मैले आफ्नो परिचय दिएँ र उनले गरिदिएको सिफारिश बोकेर संसदभित्र प्रवेश पाएँ। र, क्लासका लागि रिपोर्टिङ पनि भयो। उनै तुलाधरको ७७ वर्षको उमेरमा आइतबार निधन भयो। उनको अन्त्येष्टि सोमबार शोभाभगवतीमा गरिँदैछ। हाल चर्चामा नरहेकाले नयाँ पुस्ताले उनलाई खासै चिन्दैन। उनलाई चिन्न सघाउने उनको जीवनका तथ्य जुन तपाईँलाई थाहा नहुनसक्छ।

१) प्रचण्ड हुन् भन्ने आरोप

नेकपा माओवादीका नेता प्रचण्ड भूमिगत थिए। उनलाई चिन्ने कोही थिएनन्। बेलाबेलामा हल्ला चल्थ्यो फलाना प्रचण्ड हुन्। यस्तो हल्ला दरिलैसँग एकताका पद्मरत्न तुलाधरबारे पनि चल्यो। जसले हल्ला चलायो शायद् उसलाई तुलाधरको कमलो मनबारे थाहै थिएन। उनी भाषण गर्दागर्दै भावुक भएर रोइदिन्थे। जनआन्दोलनका बेला मान्छे मरेको खबर सुनेपछि रोएर छाकै छोड्थे। २०५६ सालको चुनावमा तुलाधर मालेको तारा चिह्न लिएर लडेका थिए। त्यसबेला खिचेको फोटोलाई प्रचण्ड भनेर हल्ला गरिएको थियो। हुँदाहुँदा टाइम्स अफ इन्डिया लगायतका भारतीय मिडियाले त प्रचण्ड भनेर पद्मरत्नकै फोटो समेत छापेको थियो।

२) भाइरल भाषण

पद्मरत्न तुलाधरका भाषण भाइरल हुन्थे। सामाजिक सञ्जालको के कुरा, इन्टरनेटसमेत नभएको त्यो युगमा पद्यरत्न तुलाधरका भाषण कसरी भाइरल हुन्थ्यो भन्ने तपाईँलाई लाग्ला। त्यतिबेला उनको भाषण रेकर्ड हुन्थ्यो। अनि त्यसलाई क्यासेट चक्कामा सारिन्थ्यो। एउटा क्यासेटबाट अर्को क्यासेट हुँदाहुँदा भाषणको क्यासेट चक्का गाउँगाउँसमेत पुगेका थिए। खासगरी पञ्चायत कालमा जनपक्षीय उम्मेदवारका रुपमा उनी २०४३ सालको चुनावमा उठ्दा ताका उनले गरेको भाषण भाइरल भएको थियो। त्यसमध्येको एउटा भाषणको अडियो

३) गृहमन्त्री जोगमेहर हराउने पद्मरत्न

त्यतिबेला दलहरुमाथि प्रतिबन्ध लगाइएको थियो। २०४३ सालमा भएको राष्ट्रिय पञ्चायत निर्वाचनमा उनी प्रतिबन्धित दलहरुको समर्थनका उम्मेदवार बने। त्यतिबेला काठमाडौँमा दुई निर्वाचन क्षेत्र थिए। एउटामा उनी उम्मेदवार थिए। उनका प्रतिस्पर्धी थिए तत्कालीन गृह पञ्चायत मन्त्री जोगमेहर श्रेष्ठ। भाषणमा खप्पीस तुलाधरको चुनावी सभामा सयौँको उपस्थिति हुन्थ्यो। निर्वाचन परिणाममा पनि ८० हजारभन्दा बढी मतका साथ तुलाधरले नै बाजी मारे।

४) राष्ट्रिय पञ्चायतको बैठकमै बहुदलको माग राजाको शासनकाल।

पञ्चायती व्यवस्था। बहुदल माग्नेहरुमाथि दमन र दलहरुमाथि प्रतिबन्ध थियो। यस्तो अवस्थामा राष्ट्रिय पञ्चायतको बैठकमा रोष्ट्रममा उभिएर पद्यरत्न तुलाधरले बहुदलीय व्यवस्थाको माग गरेर सबैलाई अचम्ममा पारेका थिए। उनले भनेका थिए, ‘पञ्चायत व्यवस्था केही मुठीभर व्यक्तिको हित साँध्न प्रयोग भयो। यसको अन्त्य हुनुपर्छ र बहुदलीय व्यवस्था स्थापना हुनुपर्छ।’

५) सूर्य चिह्न लोकप्रिय बनाउने उम्मेदवार

२०४३ सालको चुनावमा उनको चुनाव चिह्न सूर्य रहेको थियो। पछि यो चुनाव चिह्न तत्कालीन नेकपा एमालेले लियो। हाल माओवादीसित एकता गरेको नेकपाको चुनाव चिह्नसमेत सूर्य नै रहेको छ। २०४८ सालको चुनाव र २०५१ सालको मध्यावधि चुनावमा उनी सूर्य चिह्न लिएरै उम्मेदवार बनेका थिए। तर उनी एमालेका सदस्यका रुपमा हैन स्वतन्त्र वामपन्थी नेताका रुपमा चुनाव लडेका थिए। एमालेले उनलाई सहयोग गरेको थियो। सूर्य चिह्नमा चुनाव लडेका कारण प्राविधिक रुपमा भने उनी एमालेकै सांसद हुन्थे।

६) गाई काण्ड

मनमोहन अधिकारी नेतृत्वको २०५१ सालको एमालेको अल्पमतको सरकारको पालामा वतर्मान प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री थिए। त्यही मन्त्रिपरिषद्‍मा उनी श्रम तथा स्वास्थ्यमन्त्री भएका थिए। सरकारी पदमा रहेको उनी त्यही एक पटक हो। त्यतिबेला उनले गाई काट्न पाउनु पर्छ भनेर भाषण गरेको भन्दै विरोध भएको थियो। वास्तवमा उनले मानवअधिकारको कुरा उठाउँदै भाषणमा राजनीतिक अधिकार प्राप्त भयो, सामाजिक, सांस्कृतिकरुपमा भने मानवअधिकार प्राप्त भइसकेको छैन। मुस्लिम समुदाय वा गाईको मासु खाने जनजाति समुदाय आएर, हामीले आ-आफ्नो क्षेत्रमा गाईको मासु खान पाउनु मानवअधिकार हो कि होइन भनेर सोध्यो भने मैले मानवअधिकारकर्मीको नाताले पाउनुपर्छ भन्छु भनेका थिए। यसैलाई उचालेर पद्मरत्न तुलाधरले गाई काटेर खान पाउनु पर्छ भन्यो भन्दै चर्को विरोध भयो।

७) शेरबहादुरले सरी पर्खेर बसेका पद्मरत्नले समवेदना चाहिँ पाए

माओवादी र सरकारबीच पहिलो वार्ता असफल भएको एक/दुई दिनपछि उनी दिल्ली जानुपर्ने थिए। विमानस्थलमा बोर्डिङ पास लिएर बसिरहेको बेला प्रहरीले लगेर हनुमान ढोका खोरमा लगेर कोचिदिए। त्यतिखेर शेरबहादुर देउवा प्रधानमन्त्री थिए। अनलाइनखबरसितको अन्तर्वार्तामा उनले भनेका थिए, ‘म मुटुको विरामी उपचारका लागि दिल्ली जान लाग्दा हनुमान ढोका खोरमा पुगेँ। त्यो खोरमा म धेरैचोटि पुगेको थिएँ । तर, त्यसपटक साँच्चै चित्त दुख्यो । पञ्चायत फेरि फर्केछ जस्तो लाग्यो । एउटा सानो झ्याल मात्रै भएको अँध्यारो कोठामा राख्दा अचम्मित भएको थिएँ । देशको शान्ति प्रक्रियामा सहभागी हुँदा म त्यसरी खोरमा जाकिएको थिएँ । धन्न छोरो साथमा भएकाले दमननाथजी र गौरी प्रधानलाई फोन गरेछ र म छुटेँ। त्यतिबेला शान्ति प्रक्रियाका लागि शेरबहादुरजीलाई मैलेजति कसले सहयोग गर्‍यो होला ? मेरो एक मात्र उद्देश्य शान्ति कायम होस् भन्ने थियो । पछि दमनजीले सोध्दा उहाँ भाग्न लाग्नुभएकोले प्रहरीले समातेको रे भनेछन् । जबकि मेरो उपचारको विषयमा शेरबहादुरजी पूरापूर जानकार हुनुहुन्थ्यो । म भाग्नुपर्ने कारणै छैन भन्ने पनि उहाँलाई थाहा थियो। यत्तिका वर्ष भयो, शेरबहादुरजीले मलाई अहिलेसम्म ‘सरी’ भन्नुभएको छैन। तर शेरबहादुरले सरी भनेनन्। बरु उनको मृत्युको खबरपछि समवेदना भने दिए ट्विटमार्फत्।

Sher Bahadur Deuba -

मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको निधन काे खवरले दुःखी भएकाे छु । नेपालको मानवअधिकार र भाषा अान्दाेलनमा उहाँकाे याेगदान स्मरणीय रहनेछ । उहाँकाे अात्माकाे चिर शान्न्तिकाे कामना गर्दै परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु ।

८) साम्प्रदायिक नेता Vs उत्पीडितका नायक

पद्यरत्नलाई उनको अडानका कारण साम्प्रदायिक नेताको रुपमा धेरैले आलोचना गर्छन्। तर धेरै उत्पीडितहरुले उनलाई आफ्नो आवाज बोलिदिने नायकका रुपमा प्रशंसा पनि गर्छन्। उनले सगरमाथा टेलिभिजनको अन्तर्वार्तामा सुनाएका थिए, उनी एक पटक जेलमा रहँदा आमा भेट्न आएका थिए। आमालाई नेवार बाहेक अरु भाषा आउँदैन थियो। तर प्रहरीहरुले नेपाली भाषामा बोल नभए हामी बुझ्दैनौँ, पाइँदैन भनेर भने। म मृत्युदण्ड सहन तयार छु तर मेरो आमासँग मलाई मातृभाषा बोल्न दिनुहोस्। आमाछोरा बोल्नै नपाउने गरी प्रतिबन्ध लगाइएपछि आमा रुँदै जेलबाट बाहिरिए।

९) मरिचमान सिंहसित चुनावमा पराजित

नेकपा एमाले टुक्रिएर माले बन्यो। उनी २०५६ सालको चुनावमा पहिलो पटक सूर्य चुनाव चिह्नबाट लड्न पाएनन्। काठमाडौँ क्षेत्र नम्बर ४ मा उनले मालेको तारा चुनाव चिह्नबाट चुनाव लडे। चुनाव परिणाम अचम्मको आयो। पञ्चायत कालमा २०४३ साल, बहुदल आएपछि २०४८ साल र मध्यावधि निर्वाचन २०५१ सालमा लगातार तीन पटक चुनाव जितेका उनी २०५६ को संसदीय निर्वाचनमा पराजित भए। पराजित मात्र हैन पञ्चायत कालका अन्तिम प्रधानमन्त्री मरिचमान सिंहको भन्दा कम भोट आयो उनको। त्यसपछि उनले कहिल्यै चुनाव लडेनन्।

१०) पत्रकार ‘परतु’

उनी नेपाल भाषा दैनिकका सम्पादक, राजमति साप्ताहिकका वरिष्ठ अतिथि सम्पादक, युगधारा साप्ताहिकका सम्पादक थिए। युगधारा साप्ताहिकको अन्तिम पृष्ठमा ‘परतु’को स्तम्भ छापिन्थ्यो। परतु उनकै नामको संक्षिप्त रुप थियो।

११) साहित्यकार तुलाधर

पद्मरत्न तुलाधर साहित्यकार पनि हुन्। आफ्नो मातृभाषा नेपालभाषामा उनले थुप्रै ख्यालः, चिनाखँ लेखेका छन्। उनका १६ पुस्तक प्रकाशित छन्। भाषा आन्दोलनका पनि अगुवा हुन् उनी। पछिल्लो समय पहिचानको आन्दोलनका अगुवा पनि उनलाई बनाइएको थियो। तर आन्दोलनले गति नपाएसँगै उनी पनि पछिल्लो समय निष्क्रिय थिए। उनको स्वास्थ्य पनि कमजोर हुँदै थियो।

Source:http://www.mysansar.com/2018/11/33788/

Last Updated on Wednesday, 07 November 2018 11:52

Hits: 466

Error: No articles to display