A+ A A-

यूकेमा ३२औँ मगर दिवस ,भिडीयो अन्तरबार्तामा खपांगी बारे एक 'नाटक '

बिजय हितान  मगर 

(रङमन्चको एक कुर्चिमा हिमाली (हिमाली राना- उपाध्यक्ष मगर संघ यु के)बसेकी हुन्छिन । अगाडी टेबलमा दुई माइक तेस्राइएको हुन्छ । अर्को कुर्ची खाली छ। मगर् भेस भुसामा सेतै दाह्रारी जुङामा लौरो टेक्दै एक ब्रिद गोरेबहादुर खपाङी (बिजय हितान सचिव-मगर संघ यु.के) भित्र आउँछन । )

http://www.everesttimes.net/video.php?type=video&vid=452

(यो भिडीयो ऐभरेस्ट टाइम्समा प्रकाशित,बिजय हितान बाट प्राप्त भएको)

१. हिमाली-   जनजातिका सर्बोच नेताज्यु, नमस्कार् (कानुङ जनजातियो बडा नेता ज्युके ङै झोर्लाङ ) । एम टी भी मा स्वागत याँहालाई (एम टी भी ना को के स्वागत ले)  । कृपया बस्नोस (इलाक मुनिस) ।

२. गोरे-  धन्यबाद् (ना को के र धन्यबाद् ले ) । यो सर्बोच भनेर किन भनेको मलाइ (ना कोइ ना के हि के बडा भर्मी डे च्याले) ?  म जस्तो चान्चुने नेतालाई । अनी हिमाली यो एम टी भी भन्या के?

३. हिमाली-   जननायक बिसेस्वर प्रसाद, सर्बमान्य नेता गणेसमान, इत्यादी भन्न हुने । तपाइ जस्तो झन्डै ८५ लाख अर्थात नेपालको ३७ प्रतिसत जनजातिहरूको नेतालाई किन सर्बोच नेता भन्न नहुने ? नेपालमा हामि जनजातिको न त सन्चार कर्मी छन् न त सन्चारका मादयामहरू ।  त्यसैलाई बिचारेर हामिले एम टी भी खोल्या ।

४. गोरे-  के त नी यसको माने?

५. हिमाली-   मगर् टेलिभिजन । हामि मगरहरूले लगानी लगाएर खोलेको संचार माध्यम।

६. गोरे-  ल खुशी लाग्यो । सुभकामना छ । अब, बल्ल, थेप्चो नाख र चिम्सा आँखाका अनुहारहरुपनी हेर्न पाइने भयो टेलिभिजनमा ।

७. हिमाली-   अनी तपाईंको स्वास्थ्य कस्तो छ? धेरै बिसेक भएछ ऐले ।

८. गोरे-  त्यति राम्रो अझै भा छैन् । मगर् दिवस भनेर सकी न सकी आ । अस्पतालको वार्ड बाटै आएको ऐले । जे होस तपाईंहरू यू के मगर् संघको आर्थिक सहयोग प्रति धेरै आभारी छू । तपाईंहरूको सहयोगले  मलाइ सिङापुर उपचारार्थ लग्न सम्भव भयो । अनी बल्ल मेरो होस आउन सक्यो । अन्यथा म कोमा मै हुन्थे होला र यो अन्तर्वार्ता कहाँ गर्न पाइने ?

९. हिमाली-   हामिले तपाईंको उपचार्थ आर्थिक सहयोग त गर्यौं तर याँहा कतिलाई था छैन तपाईं कसरी दुर्घटनामा पर्नुभयो । भयो के बताइदिनु हुन्छ की ?

१०. गोरे-   त्यो दिन हाम्रा सन्जोग लाफा जी ले बिस्व आदिबासी फिल्म महोत्सव आयोजना गर्नुभएको थियो काठमान्डुमा। मलाइ मुख्य अतिथिको निमन्त्रणा थियो। सभा ग्रिह्यको बाहिर सडकमा बसबाट झरेर बाटो काटने क्रममा मोटरसाइकलले ड्वाममै हानी थियो ।

११. हिमाली-   तपाईं जनजातिको यत्रो नेता, तपाईंलाई मार्ने कुनै सडयन्त्र रचिएको त होईन ?

१२. गोरे-   एक मुस्लीम समुदायका ब्यक्तिले चलाएको मोटरसाइकलको धक्काले मेरो दुर्घटना हुन गयो। पुलिसले उनलाई समातेर छान्बिन गरे, जरिवाना र जेल सँजाए दिए। त्यस्तो शँका गर्न सकिने आधार केही पाइएन ।    

१३. हिमाली-   अब हामि मुख्य बिषयमा प्रबेस गरौं गोरेबहादुर ज्यु । यस ३२ औं मगर् दिवसको सन्दर्भमा यो कहीले र कँहा देखि सुरु भयो र यसको महत्वको बारेमा प्रकास पारिदिनुहुन्छ की?

१४. गोरे-   फागुन १५/१६ बी.स २०३९ सालमा नेपाल् मगर संघको पहिलो महा-अधिबेसन तनहुँ जिल्लाको दमौलिमा बस्यो । फागुन १५ लाई मगर् दिवसको रुपमा लीइन्छ, याँहालाई थाहै छ । (दमौलिका कोहि हुनुहुन्छ ?)  अब मगर् दिवसको महत्वको बारेमा कुरा गर्दा यसले नेपाल् भरिका के अठार मगरात के बाह्रर मगराँतका मगरहरु, के पुर्बका मगरहरु के पुन मगरहरु, के खाम काइके छन्त्याल के बाह्र मगरातमा बोलिने मगर् भाषा; सबैलाई एकताको सुत्रमा बाँधने काम गर्छ जस्तो मलाइ लाग्छ। साथै हाम्रो भाषा भेस भुसा संस्क्रिती सम्रछण, इतिहासको खोजी र आफ्नो पहिचान खोज्दै अधिकार प्राप्तीको लागि यसले मद्घत पुर्याउँछ।

१५. हिमाली-   याँहालाई थाहै छ मगरहरु स्यानो भेला भयोकी त नाच गाना गर्ने र पिउने मात्रै गर्छन्। भासण र ग्यानका कुरा गर्ने भनेर कार्यक्रम राख्यो भने त हाम्रा मान्छेहरू उपस्थित नै हुन्नन्।  यो तपाईंले भनेजस्तो हाम्रो संस्क्रितीको सम्मरछण र अधिकार प्राप्ती कसरी सम्भव होला त ?

१६. गोरे-   हो म स्विकार्छु यो कुरो । तर यस्तै कार्यक्रमको मार्फत उनिहरुलाई अली अली भएनी सिछ्या दिलाउन तपाइहरुजस्तो संघमा बसेर कामगर्नेहरूले छोड्न हुन्न ।

१७. हिमाली-   हो आज पनि सँसारै भरीका मगरहरूले मगर् दिवस मनाउँदै छन् । उनिहरुले केही बुझुन् हाम्रो इतिहास भनेर तपाईंलाई याँहा दु:ख दिएको । तपाईंको अन्तर्वार्ता आज प्रतछ्य हेरी राछन बेलायतमा पनि।

१८. गोरे-   हुन्छ बेलायत लगाएत सँसारका मगरहरुलाई मेरो झोर्ले र सुभकामना !

१९. हिमाली- २०३९ साल भन्दा अगाडीको मगर् संघको बारेमा केही जानकारि दिनुहुन्छकी हाम्रा दर्सकलाई ?

२०. गोरे-  हामिहरू रास्ट्रिय स्तरमा सङठित हुन गएको बिक्रम सम्बत २०१४ सालदेखी देखिन्छ । १४ सालमा गुल्मी जिल्लाको भार्सेमा मगर् समाज सुधार संघको नामले ब्रिहत सम्मेलन भएको देखिन्छ। त्यसपछि बिक्रम सम्बत २०२८ सालमा काठमान्डुमा राजदुत हर्क बहादुर थापाको सक्रियतामा 'लांघाली परिवार' खोलिएको र सम्मेलन गरिएको इतिहासले बताउँछ ।

  हर्क बहादुरको म्रित्युपछी वाँहाको नाममा रु १,००० को 'हर्क पुरस्कार्' स्थापना गरियो। बर्सेनी मगर् समुदायको पुनरुथ्थानमा बिशेष योगदान पुर्यए बापत यो पुरस्कार मगर् संघले बितरण गर्दै आएको छ। मैले सम्झेसम्म २०४१ हर्कपुरस्कारद्वारा सम्मानित मगर् आदिकबी स्याङ्जा निवासी जित बहादुर सिङ्जाली, २०४८ को हर्क पुरस्कार मगराँती भाषा साहित्यमा योगदान पुर्यए बापत सह प्रध्यापक स्याङ्जा निवासी लोकबहादुर थापामगर्, २०५७ को हर्क पुरस्कार पहिलो महाधिबेसनका सम्योजक त्यसपछि ३/३ कार्यकालसम्म केन्द्रिय सचिव र मगर् सँस्क्रित तथा ईतिहास परिषद का अध्यक्ष रहनुभएका जय बहादुर हितान। त्यसपछि २०३८ साल माघ २८/२९ मा रुपन्देहि बुटवलमा 'कानुङ लाङ्हाली परिवार'ले बाबुरामा रानाको अध्यक्षतामा ब्रिहत राष्ट्रिय भेला गरि एक रास्ट्रिय तदर्थ समिति गठन गर्यो । फल्सरुप त्यसको एक बर्ष पछि  २०३९ मा रास्ट्रिय महादिबेसन गराई नेपाल् लाँघाली परिवार संघ गठन ।

२१. हिमालि-  म पनि दमौलीको पहिलो रास्ट्रिय महाधिवेसनमा गएकी थिएँ, याँहालाई ती छणको केही सम्झना आउँछ होला नी ?

२२. गोरे-   हो, त्यो दिन ४ हजार भन्दा बढी दमौली वरिपरिका र नेपाल् भरिका मगरहरूको उपस्थिती थियो। एक दर्जन जिल्लाहरुमा लांघाली परिवार संघ खुलिसकेका थिए। तिनका प्रतिनिधि साथै जुन ठाउँमा मगरहरुको जनघन्त्व छ त्त्याँहा संगठन न भएनी कोही प्रतिनिधि बनेर आएका थिए। त्यसैगरी अन्य जनजातिका संगठनहरु, दार्जलिङ र सिक्कीम मगर् संघका प्रतिनिधिहरूको पनि बाक्लो उपस्थिती थियो। फागुन को मौसम जाडो थियो। स्वागत उपसमिति, बसोबास उपसमिति, प्रबन्धक उपसमितिका साथिहरूले खुबै दुक्ख गर्नुभहेको थियो। बेलुका साँस्कृतिक उपसमितिद्वारा प्रस्तुत सोरठि, घाटु, कौडा नाच हेरेर मनोरन्ज लिएका थियौं। पञ्चायत सरकारले हाम्रो सङठनलाई साम्प्रदायिक सम्झन्थ्यो र केही बर्दीवाला पुलिसका साथै सी आइ डी पनि तैनाथ थिए।

२३. हिमाली-   तपाईं २०४८ को चौथो महाधिबेसन पछि ४ कार्यकालसम्म मगर् संघलाई अध्धछ्य भएर डोराएको त हामि सबैलाई बिधितै छ। उक्त प्रथम महादिबेसनमा यँहाको भूमिका कस्तो रह्यो ?   २

४. गोरे-   २०३८को तदर्थ समिति जसमा हेम बहादुर पुन अद्धछ्य, राण बहादुर आले उपाध्छ्य, सुरेस आले सचिव, जयबहादुर हितान उपसचिव, मनबिर गर्बुजा कोसाध्छ्य, एम एस थापा सदस्य लगायत ९ जनाको तदर्थ समितिमा त म बसेर काम गरिन। प्रायजसो यी तदर्थ समितिका साथिहरू नै नयाँ केन्द्रिय समितिमा चयन् भए। जसले हेम बहादुर पुन ज्युको अद्धछ्यतामा पहिलोपल्ट रास्ट्रिय स्तरको कार्य समिति चयन् गर्यो ।

 

हेमबहादुर पुनजी संस्थापक अध्यक्ष हुनुहुन्छ । म भने उक्त समिताको एक सदस्य बने। त्यसपछि २०४२ सालको महाधिबेसन हेटौंडामा कबिराज पुन जी, २०४५ को नेपालगन्ज महाधिबेसनमा मानध्वज रानालाई अद्धछ्य बनाइयो। वाँहा दुबैको कार्यकालमा म सदस्य भएर काम गरे। २०४५ मा मगर् भाषा तथा लिपी परिषद खडा गरियो। केसरजङ बराल जी ले अद्धक्य गरेको उक्त समितिमा म सदस्य भएर मगर् भाषा बचाउ आन्दोलनमा अनवरत लागियो।

२५. हिमाली-   अनी २०४८ को काठमाण्डौ महाधिवेसनले तपाईंलाई एकैचोटी अध्यछ्य बनायो? तपाईं भन्दा माथिका साथीहरू जस्तै कोसाधछ्य मनबिर गर्बुजा, सचिव जय बहादुर हितान्, महासचिव सुरेश आले, उपाधछ्य रणबहादुर आले अध्धछ्यमा उठन खोज्नु भएन?  

२६. गोरे-   हो म अद्धछ्य बनाइएँ। वाँहारु कोहि मावोबादिमा, कोहि नेपालि काङ्रेसमा लाग्नु भएको थियो। म भने एमाले परित्याग गरेर मगर तथा जनजातिलाई हक र अधिकार दिलाउने र सिँहदरबारमा पुर्याउने हेतुले २०४७ मा जनमुक्ती पार्टी दर्ता गरेका थियौं। सायद मगर् बन्धुहरूले यसलाई मगर संघको अद्धछ्य बनाए केही गर्छ भनेर होला मलाइ नै बनायियो। यो क्रम आठौ महाधिबेसन २०६० सम्म कायम रह्यो। कैलाली, टिकापुर मा भएको महाधिबेसन पछि यमबहादुर बुढाथोकीलाई अध्यक्ष पद हस्तान्तरण गरेर म बाहिरिएको हो।

२७. हिमाली-  त्यसपछि नवौँ महाधिवेसन २०६४ काठमान्डुले झकबहादुर र हालैको २०६८को दसौं महाधिवेसनले महेन्द्र थापालाई अद्धछ्य बनाएको छ हैन त ?

२८. गोरे-  हो, सहि हो।

२९. हिमाली-   तपाईंको पालापछि मगर् संघ यति ब्रिहत भयोकी यसलाई समाली नसक्नु भएको जस्तो हामिलाइ लागेको छ। नेपालको ७५ वटै जिल्ला, भारत, हङकङ, जपान, बेलायत, अमेरिका, बेल्जियम, क्यानेडा, पोर्तुगलमा साखा छन् । १३ वोटा भात्रु सङठन ६० वटा जिल्ला र ५०० भन्दा बढी क्याम्पस बिस्वबिध्यालयमा मगर बिध्यार्थि सङठन, इत्यादी खोलिएका छन् । अन्त्यमा तपाईंको बिचारमा समग्रमा नेपाल् मगर् संघ गठन भएदेखि मगरले के उन्नति गरे र अब के गर्नु पर्छ?

३०. गोरे-  बडो गहकिलो प्रश्न गर्नु भो। छोटकरिमा भन्नुपर्दा- हामीमा २०३९ सालभन्दा यता सामाजिक राजनैतिक चेतना ब्रिदी भैसकेको छ। सामाजिक चेतना भन्नाले हाम्रो भेस भुसा भाषा संस्क्रिती बचाउन पर्छ, हामि दबेर दबाइएर बसेका रहेछौं, हाम्रो इतिहास लुकेको र लुकाइएको रहेछ्; र राजनैतिक चेतना भन्नाले हाम्रो पहिचान के हो हामि राज्यसत्तामा पुग्न पर्छ र त्यसमा हाम्रो समान हक र अधिकार हुनपर्छ भन्ने चेतना ।

त्यसैले हामिलाई रिअलाइजेसन भयो र हामि ट्रान्सफरमेसनको फेजमा छौं। राजनैतीक चेतना बिना हाम्रो पहिचान बचाउन सकिदैन। ३० बर्ष अगाडी त हामि समाजमा कुन स्तरमा छौं, हामि को हौं भन्ने रिअलाइजेसन नै हामीमा थिएन। ऐले यो हुनु नेपाल् मगर् संघ ठुलो उपलब्धी हो । तर एउटा कुरा के भन्छु भने यदि यस्तो आन्दोलन अरु जात या बर्गमा गरिएको भए उनिहरु चन्द्रमामा पुग्थे। त्यसैले होला मगर ढिला हुन्छन् भनेका। तर खैर, फिक्कर छैन्, हामिले धैर्य धारण गरेर अगाडी कछुवाको चालमै किन न होस अगाडी बढनै पर्छ ।

अब के गर्नु पर्छ भने हाम्रा मुल्य र मान्यतालाई कायमै राख्दै भुमन्डलीकरणको परिबेसमा हाम्रा सन्तानलाई बैग्यानिक र ब्याबसाइक सिछ्या तीर उन्मुख गराउने साथै आर्थिक उन्नतिको आन्दोलन ल्याउँदा ठीक हुन्छ जस्तो मलाइ लाग्छ । आजकल् राजनैतिक मुद्दालाई मात्रै प्राथमिकता दिइएको र यी कुरालाई पटक्कै नसमेटेको जस्तो आम मगरहरूलाई भान भैराछ। अझ तपाइँहरुजस्ता बिदेसमा बस्नेले त यी दुई बिषयमा छीट्टै बिकास गर्ने सम्भावना म देक्छु। उदाहरणको लागि नेवारी समाज । तिनीहरूमा दछ्य जनसक्ती छ, सैछिक र आर्थिक तवरले त्यतिकै बलिया छन्। त्यसो त राजनितिमा पनि उनिहरु अगाडी छन्। अब मगर्हरूले पनि यिनै समाजको परिकल्पना गर्दा राम्रो हुन्छ जस्तो मलाइ लाग्छ।

३१. गोरे-  अर्को कुरा हाम्रा महिलाहरू रास्ट्रिय स्तरका लिडर भएका हामि देख्दैनौं । हो तल्लो स्तरमा त सहभागिता सन्तोष जनक छ आजकल् । सुनेको छू यु.के मा महिला उपाद्ध्यछ हुनुहुन्छ, हङ्कङमा त अध्यक्ष नै हुनुहुन्छ महिला । अबको ५ बर्षमा नेपाल् मगर संघले महिलाको नेत्रुत्व पाउनपर्छ भन्ने मलाइ लाग्छ । हजुरको के छ यसमा बिचार्?

३२. हिमाली-  थुप्रै कारणहरू छन्......... पुरुषहरूको साथ पाए मगर् महिलाले लिड गर्न असम्भव छैन, योग्य महिलाहरू थुप्रै छन्। ......  

३३. हिमालि-  हुन्छ त धन्यबाद् याँहालाइ।

३४. गोरे-   ल याँहालाई पनि मेरो गिरिङ गिरिङ लास्सो ! जय मगर ।

(गोरेबहादुर उठेर बाहिरिन्छन, रङमन्चको पर्दा बन्द हुन्छ)      

(३२ औँ मगर् दिवसको उपलक्षमा लिखित यस नाटकलाई यु.के मगर् संघको मगर दिवस कार्यक्रममा मन्चन गरिएको थियो । ) फोटो तथा भिडीयो ऐभरेष्ट टाईम्स ,यूके

 

 

 

 हार्दिक श्रध्दाञ्जलि - ज्ञान बहादुर गाहा मगर