भारतीयलाई नागरिक बनाउने खेल

Read Time:8 Minute, 12 Second

निर्वाचन आयोगले थालेको फोटो र औलाको छाप सहितको मतदाता नामावली अभियानको मधेसवादी दल र लिम्बुवान राजनीति गरिरहेका केहि मोर्चाहरुले बिरोध गरिरहेकाछन् ।

जेवी पुन मगर

 

लिम्बुवानले यस्तो परिचयपत्र बनाउने अधिकार संघीयतामा गैरहेको देशले बनाउन नपाइने तर्क गरिरहेकोछ ।उसको भनाइमा भोलि बन्ने संघीय राज्यहरुले नै कस्तो खालको परिचयपत्र बनाउने आत्मनिर्णयको अधिकार उसले निर्धारण गर्ने हुनाले यो प्रक्रिया गलत छ । त्यसैले उसका कार्यकर्ताले त्यसरी नामावली संकलनमा खटिएकाहरुमाथि आक्रमण गर्ने, क्यामेरा खोस्ने जस्ता दुब्र्यवहार गरिरहेकाछन् ।

उता मधेसवादी दलहरुले त्यहाका मतदाताहरुलर्इा नियोजन गर्न यो सबै राजनीति गरिरहेको तर्क गरेर मतदाता नामावली संकलनमा अवरोध गरेकोछ । मधेसवादी दलहरुको भनाइमा अझै पनि लाखौं मधेसका जनता नागरिकताविहिन छन् ।
ति लाखौको संख्यामा रहेका नागरिकहरुलाई मधेसी भएकै कारण नागरिकताबाट बन्चित पारिएकोछ । त्यसैले मतदाता परिचयपत्र वितरण गरिदा नागरिकता अनिवार्य गर्ने निर्वाचन आयोगको प्रक्रिया गलत र मधेसी बिरुद्ध छ भन्दै विरोध गरिएकोछ ।
 मतदाता नामावली संकलनमा खटिएका निर्वाचन आयोगका कर्मचारीहरुले ब्यक्तिको नागरिकता प्रमाणपत्र हेरेर मतदाता परिचयपत्र बितरण गरिरहेकाछन् । मधेसवादीहरुको भनाइमा त्यसरी संकलन गरिदा नागरिकताविहिन मधेसीहरु भोलि मतदानबाटै बहिस्कृत हुनेछन् ।

मधेसवादी दलको यो राजनीतिभित्र ठूलो अर्थ लुकेको छ । मधेसमा मधेसवादी दलहरुले जहिल्यै नागरिकताको मुद्दालाई प्रमुख मुद्दा बनाउने गरेकाछन् । पंचायतकालमा भद्रकाली मिश्रहरुले शुरु गरेको यो अभियान २०४६ को परिवर्तनपछि गजेन्द्र नारायणसींहहरुले संचालन गरे । अहिलेको नयँ नेपालमा सबै मधेसवादी दलहरुको यो मुद्दामा तानातान चल्ने गरेकोछ ।
सबैले त्यहाँको जनतालाई आकर्षित गर्न यस्तो गरिएको बताउनेगरेकाछन ।
तर उनीहरुका यस्ता नारामा राष्टिय हित र स्वार्थ भन्दा पारिपट्िटका हित बढी पोषित हुने गरेकोछ । मधेसीका नाममा भारतीयहरुले नागरिकता लिएका थुप्रा दृष्टान्ट अखबारहरुमा आउनुले त्यसको पुष्टि पनि हुन्छ ।
जनआन्दोलन २०६३ पछि यहि मुद्दालाई सम्बोधन गर्न भनि देशभर बाँडिएको नागरिकताले यस्तो समस्या हल गरिएको मानिदै आएकँेथियो । दुइ बर्ष अघि करिब २५ लाख नेपालीहरुलाई नागरिकता बाँडिएको थियो । त्यसमा गाँउगाँउबाट आएकाहरुले नागरिकता लिएकाथिए ।
यो अभियानमा मधेसवादी दलहरुले सक्रिय भई मधेस तरँइका जनताहरुलाई नागरिकता दिलाउन प्रमुख रोल खेलेकाथिए । त्यतिबेला मधेसवादी दलहरुले यस्तो प्रक्रियाले मधेसीको नागरिकता समस्या हल गरेको उनीहरु स्वंय बताउने गर्थे । यसको अर्थ त्यतिबेला सबै नयाँ मधेसी नेपाली नागरिकहरुले नागरिकता पाएकाथिए ।
२५ लाख नागरिकता पाएका नयाँ मध्ये धेरै भारतीयहरुले खुला सिमाना, संस्कार, संस्कृति, भेषभुषा र आकारप्रकारको दुरुपयोग गरि नागरिकता लिएको बताइन्छ ।
भारतका बिहार ,उत्तरप्रदेशका जनता मधेसीहरुसंग मिल्दाजुल्दा हुनाले उनीहरुले त्यसको भरपुर फाइदा उठाएको बिश्वास गरिन्छ । त्यसैगरि पहाडे जनजाति र बाहुन क्षेत्रीसंग अनुहार मिल्ने दार्जिलिगं, आसाम, सिक्किम लगायतका भारतीयहरुले पनि त्यसको फाइदा उठाएको बताइन्छ ।
भारतमा भन्दा नेपालमा धेरै अवसरमात्र हैन यहाँको सामाजिक प्रष्तिठा पनि त्यहाँको तुलनामा उन्नत छ ।
धेरै टाढा जानै पर्देन हाम्रा सिमापारका केहि गाँउ  घुमेर हिड्ने हो भने त्यहाँको दरिद्रता प्रस्ट देखिन्छ । हामीकहाँ भन्दा कयौं गुणा अपराध छ त्यहाँ ।
त्यसबाहेक नेपालमा पहिचानको राजनीति बढेकोले मधेसी र मंगोल अनुहार देख्ाँएर माथि पुग्न सजिलो भएकोछ । जस्तै विहारको संसदभित्र छिर्न त्यहाँ लाखौसंग प्रतिस्पर्धा गर्नुपर्छ भने यहाँ केहि हजारसंग मुकाविला गरे त्यहाँ छिर्न सकिन्छ । यहाँ त्यसका लागि धेरै पैसा खर्च गर्नपनि परेन । पारि कमाएको १ लाख लिएर चुनावी मैदानमा उत्रदा यहाँ १६० लाख हुन जान्छ ।
त्यसरी संसदमा पुगेपछि रातारात करोडपति हुन यूपी र विहारमा भन्दा नेपालमा धेरै सजिलोछ । यहाँको सामाजिक जटिलतालाई भजाएर भारतीयहरु बिस्तारै प्रभावशाली हुदैं गैरहेकोछन् ।यो खतरनाक छ ।

नेपाली नागरिक चाहे पहाडे होस् चाहे मधेसी या जनजाति या दलित । कोहि नागरिकताविहिन हुनु हुदैन र मताधिकारबाट बन्चित पनि हुनु हुदैंन । तर त्यसको नाममा गैरमुलुकीले पनि फाइदा उठाउन पाउनु हुदैन । तर अहिले यसको ठिक उल्टो देखिदैछ ।
यो परिचयपत्रले एउटाको नाममा दश दश पटक मत हाल्ने धाँधलीलाई कम गर्नसक्छ । मतको दुरुपयोग हुन सक्दैन । यो नभएपछि कमजोर तर पैसा खर्च गर्न नसक्नेले पनि राम्रो मत लिएर विजय हासिल गर्नसक्छ । मधेसमा पारिपट्िटका उस्तै मान्छे वारि आएर मत हाल्न पाउदैनन् । फोटो मात्र हैन अगुंठाछाप पनि हुनाले यो अत्यन्त बैज्ञानिक पनि छ । यहि कारण पनि मधेसवादी दलका हरु नै यो प्रक्रियााको बिरुद्धमा उठेकाछन् ।
मधेसवादी दलहरुले हिंजो नागरिकता समस्या हल भयो भनिरहेकाथिए । अहिले विरोध गर्नुले उनीहरु मधेसी नेपाली हैन भारतीयहरुलाई नेपाली नागरिकता दिने पुनः उद्यममा लागेकाछन् । यसले उनीहरुको वास्तविकता उदांगो भएकोछ । निर्वाचन आयोगले थालेको बैज्ञानिक खालको यो प्रक्रिया अवरोध गर्नहरुले देशमा फेरि पनि मतदानमा गुण्डागर्र्दी शैलीबाट बिजय प्राप्त गर्ने सपना देखेकाछन् , जुन डरलाग्दो छ ।
मधेसवादी दलको तर्कलाई सदर गरेर माधव नेपालले आफुलाई कसको  पक्षमा खडा गरेकाहुन् प्रस्ट भएकोछ । उनको निर्णयले निर्वाचन आयोगलाई धर्मसंकटमा पारेकोछ । भारतीयहरुलइ नेपाली नागरिक बनाउने यो खेलमा अझै को को संलग्न हुने हुन् हेर्न बँकी छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %